Butwal Sandesh

Best Nepali Online Newspaper

कतारले पत्रकार सम्मेलन कोरोना भाइरसबारे अपडेट दिदै यस्तो निर्णयहरु गर्यो

Spread the love

हिजो कतारमा नयाँ १६६ जना कोभीड-१९ (कोरोना भाइरस) सं क्रमित भेटिएको छ भने २८ जनालाई निको भएका छन । यो संगै कतारमा भाइरस सं क्रमितको संख्या २३७६ पुगेको छ ।

हालसम्म २०६ जना निको भएर घर फर्किएका छन् भने कुल ४३१४४ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ६ जनाको मृ त्यु भएको छ ।

कतारमा कोरोना भाइरस बारे पछिल्लो जानकारी दिन विपत्ति व्यबस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले हिजो ९ बजे पत्रकार सम्मेलन गर्नुभएको छ । सम्मेलनको कतार टेलिभिजन र अल रेयान च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।

कोरोना भाइरस रोकथामका लागि पत्रकार सम्मेलनबाट गरिएको निर्णयहरु यस्ता छन् :

  • सनैया एरियाको लकडाउन बिस्तारै खोलिने ।
  • कोरोनाभाइरसको बिरामी सबैभन्दा धेरै यसै स्थानमा भेटिएको हुँदा गएको महिना देखि सो स्थानमा लकडाउन गरिएको थियो । लकडाउन खोल्ने योजना सहित केहि दिनमा निर्णय गरिने ।
  • खाद्यान्न पसल,औषधि पसल,डेलिभरी गर्ने रेस्टुरेन्ट बाहेक सम्पूर्ण पसलहरु अर्को सुचना नआउन्जेल सम्म शुक्रबार र शनिबार बन्द गरिने ।
  • देशभित्र बाट ७२ प्रतिशत सं*क्रमण ,२६ प्रतिशत बाहिर बाट आएकाहरु बाट र २ प्रतिशत खुल्न बाँकि । जम्मा २ प्रतिशतको अवस्था गम्भीर । ३७ जनाको आईसीयुमा उपचार हुँदै ।
  • घरेलु कामदारले खाता खोल्न न्युनतम पैसा जम्मा गर्नु नपर्ने ।
  • कतारमा कोरोनाभाइरस सम्बन्धि भएका पछिल्लो अपडेट लिन “Ehteraz” एप सार्वजनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *