Butwal Sandesh

Best Nepali Online Newspaper

हास्य कलाकार माग्नेबुढाको आज जन्मदिन : सामाजिक संजालमा बधाईको ओइरो, क-कसले के-के लेखे ? (हेर्नुहोस्)

Spread the love

काठमाडौं, २८ चैत । नेपाली हास्य कलाकार तथा अभिनेता केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ को आज जन्मदिन परेको छ । त्यसैले आज उनको आधिकारिक फेसबुक पेज शुभकामना सन्देशले रङ्गिएका छन् । उनलाई नेपाली सिने जगतसँग सम्बन्धित व्यक्तिहरुदेखि उनका प्रशंसकले पनि जन्मदिनको शुभकामना दिएका छन् ।

‘६ एकान ६’, ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’ चलचित्रबाट आफूलाई अब्बल कलाकारका रूपमा स्थापित गरेका घिमिरे अहिले एउटा चलचित्र खेलेबापत १० लाख रुपैयाँ पारिश्रमिक लिने हैसियतमा पुगेका छन् । उनले नायिका पूजा शर्माले बनाएको ‘रामकहानी’ चलचित्रमा १० लाख पारिश्रमिक लिएका छन् ।

उनी आज आफ्नो ४६ औं जन्मदिन मनाउदैछन् । २०३२ साल चैत २८ गते मकवानपुरमा जन्मेका केदार पछिल्लो समय निकै चर्चामा आउने हास्यकलाकार हुन् । २०५८ सालदेखि कलाकारिता शुरु गरेका केदारले हालसम्म हिजो आजका कुरा ,गीताञ्जली, तितो सत्य , लोकलहरी’, जिरे खुर्सानी, मेरी बाँस्सै आदि लगायतका हास्य सिरियलमा अभिनय गरिसकेका छन् ।

उनको जन्मदिनमा हास्यकलाकार दिपकराज गिरीले फेसबुकमा लेखेका छन् – आज भन्दा धेरै बर्ष अगााढि चैत्र २८ गते हेटौडामा केदार प्रसाद घिमिरे “जन्मिए । ….त्यस्का बाजे, “ अत्यन्त खुशि भएर कति जनालाइ त लात्तिले हानेर बारिका पाटामा पनि पुर्याए होलान !!!!

खान लाउन नै मुश्किल पर्ने परिवार त थिएन.ठिकठाक परिवार थियो!! छोरो भबिष्यमा डाक्टर होला, इन्जीनियर होला भनेको छोरो त ठूलो भएर “ माग्ने “ पो भयो ……“ हल्का रमाइलो” भन्दै कडा रमाइलो गर्न थाल्यो!!!
तर यस्तो माग्ने भयो जस्का डाक्टर पनि फ्यान, इन्जीनियर, बकिल, नेता सबैले “आहा माग्ने” “ ओहो माग्ने” “ गज्जब माग्ने” भन्ने भयो… आजको मितिमा ३ करोड नेपालीको सर्वाधिक प्रिय हास्य कलाकार बन्न पुगे केदार उर्फ़ माग्ने

देशले राम्रो कलाकार पायो, पिताजी ले सुपुत्र पाए, सीतादेबी ले असल पति पाइन…. तर त्यो भन्दा महत्वपूर्ण कुरा मैले एक सहयोगी, एकाघरका भाइ झै लाग्ने प्रिय साथि पाएँ…अर्काको उन्नति र प्रगतीमा कहिले रिस नगरि सधै एकजूट भएर सहकार्य गर्दै जाने दूर्लभ स्वभाब भएका प्यारो माग्ने बूढा !!!

त्यसैले आजको दिनमा माग्ने बूढालाइ लाइ भन्दा पनि उस्लाइ जनामदिने बुबा आमा लाइ धन्यवाद छ !नमन छ !!!!प्रिय भाइ, साथि, मेरा दाहिने हात केदार प्रसाद घिमिरे जन्मदिनको लाखौ लाख शुभकामना, अझै धेरै उन्नती प्रगतीको कामना गर्दछू…. जय शम्भो!!!

यसै पंक्तिमा निर्मात्री दिपाश्री निरौला पनि परेकी छिन् । उनले केदार र नायिका केकी अधिकारीसँग खिचिएको फोटो पोस्ट गर्दै निकै रमाइलो पारामा जन्मदिनको शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्, ‘बिहे नगरेकाहरुले पनि बुढा भनेर बोलाउनुपर्ने…माग्नेबुढा….हल्का रामाइलो… माग्नु जन्मदिनको शुभकामना है ।’

त्यस्तै कलाकार तथा समाजसेवी सिताराम कट्टेलले पनि जन्मदिनको शुभकामना दिदै भनेका छन्, संघर्षशिल, उर्जाशिल, आत्मिय मित्र केदार प्रसाद घिमिरेलाई जन्म दिनको धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *