Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना सं*क्रमितको उपचार गर्ने क्रममा इटलीमा एक सय चिकित्सकको मृ*त्यु

Spread the love

रोम, इटली । इटलीमा कोरोना भाइरस स ङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृ त्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ ।

इटलीमा कोभिड–१९ को स ङ्क्रमण विरूद्द अग्रपङ्तीमा रहेर वि रामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको मृ त्यु भएको छ, संस्थाका प्रवक्ताले एएफपीलाई बताउनुभयो ।

मृतकमध्ये सेवा निवृत्त चिकित्सक चिकित्सक,जसलाई सरकारले स ङ्क्रमणको म*हामारीमा सघाउन आह्वान गरेको थियो, सहित भर्खरै सेवा सुरू गरेको युवा चिकित्सकसमेत रहेका छन् । इटलीमा कोभिड–१९ को स ङ्क्रमणबाट बिहीबार यो समाचार तयार पार्दासम्म१७ हजार ६६९ व्यक्तिको मृ त्यु भएको सरकारी तथ्याङ्क छ ।

इटलीका सञ्चारमाध्यमले सङ्क्रमणबाट ३० जना परिचारिका (नर्स) र अन्य स्वास्थ्य सहयोगीको मृ त्यु भएको अनुमान गरेका समाचारहरू बाहिरिएका छन् ।

“हामीले लामो समयसम्म हाम्रा चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना नै कोभिड–१९ को म*हामारी नियन्त्रणका लागि कार्यक्षेत्रमा पठाउन बाध्य भयौँ । त्यसैले हामीले कर्तब्य पालनाका शिलशिलामा धेरै सहकर्मीलाई गुमाउनु परेको हो ।” संस्थाका प्रमुख फिलिप्पो एनेलीले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो कोरोनाविरूद्धको सङ्घर्षमा हामी चुकेको क्षण हो ।”

रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरू कोरोना भाइरसबाट स ङ्क्रमित रहेका अनुमान छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा शिल्ड योजनाको घोषणा

भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले “शिल्ड (एसएचआईइएलडी)” योजना लागु गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोना भाईरस विरुद्धको लडाईका लागि मुख्यमन्त्री केजरीवालले बिहीबार यो योजनाको घोषणा गर्नुभएको हो ।

हामीले कोरोना भाइरसका स ङ्क्रमित भेटिएका दिल्लीका २१ ठाउँलाई शिबिर जस्तै बनाउने छौँ, त्यसका लागि शिल्ड योजना लागु गर्नेछौँ, उहाँले भन्नुभयो । सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा उहाँले ‘शिल्ड’ एसको अर्थ सिलिङ अर्थात धुरी भित्रै बस्नु, अन्यत्र कतै नजानु भन्न खोजिएको जानकारी दिनुभयो ।

त्यसैगरी आइसोलेसनमा बस्नु पर्नेहरु एकान्तमा नै रहनुपर्ने र त्यसको पर्याप्त व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यक सेवा तथा कार्यहरुलाई निर्वाध रुपमा सञ्चालन हुन दिने र त्यो सेवा घरदैलोमै हुन्छ । ग्राहकले भिड गर्न पाईदैन भन्ने हो ।”

स्थानीयस्तरबाट सरसफाई र स्वास्थ्य सुरक्षाका उपाय अपनाउनु र ढोका भित्रै परीक्षणको व्यवस्था गरिने पनि उहाँले कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो । यी उपायहरु अपनाएमा मात्रै कोरोना भाइरस विरुद्धको लडाई जित्न सकिने मुख्यमन्त्री केजरीवालले स्पष्ट पार्नुभएको छ ।

भारतको दिल्ली प्रदेशमा बिहीबार बेलुकासम्म ६६९ जना कोरोनाबाट स ङ्क्रमितहरु भेटिएका छन् । भारतमा देशभरी पाँच हजार ८६५ जना स ङ्क्रमित भएको र १६९ जनाको मृ त्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

अहिलेसम्मका कुल स ङ्क्रमितमध्ये पाँच हजार २१८ जना अहिले पनि वि रामी अवस्थामै रहेका छन् भने अन्य ४७८ जना निको भएर घर फर्किएका छन् ।

पाकिस्तानमा स ङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो, ६४ को मृ त्यु

कोरोना भाइरसबाट स ङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म स ङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३३२ पुगेको हो ।

स ङ्क्रमितमध्ये सबैभन्दा धेरै पन्जाव प्रान्तमा रहेका छन्, त्यहाँ दुई हजार १७१ जना स ङ्क्रमित भएको तथ्याङ्क राष्ट्रिय नियन्त्रण केन्द्रको रहेको छ । दोस्रो धेरै स ङ्क्रमित भएको सिन्ध प्रान्तमा बिहीबारसम्ममा एक हजार १२८ जना स ङ्क्रमित भएका छन् भने तेस्रो धेरै स ङ्क्रमित भएको खैबर पख्तुन्ख्वामा ५६० जना रहेका छन् ।

त्यसैगरी गिल्गित बाल्टिस्तानमा २१३ जना, बालुचिस्तानमा २१२ जना, इस्लामावादमा १०२ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा २८ जना स ङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृ त्यु भएको पुष्टि गरिएको छ । योसहित कुल मृतकको सङ्ख्या ६४ पुगेको छ ।

स ङ्क्रमित भएकामध्ये गम्भीर अवस्थामा रहेका ३१ जनाको उच्च सतर्कताका साथ उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार कुल स ङ्क्रमितमध्ये ४२ प्रतिशत देशभित्रै एक अर्काबाट सङ्क्रमित भएका हुन भने अरु स ङ्क्रमित विदेशबाट आएकाहरूबाट भएका हुन् ।

पाकिस्तानमा अहिलेसम्म ४४ हजार ८९६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७३७ जनाको परीक्षण गरिएको अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *