Butwal Sandesh

Best Nepali Online Newspaper

लकडाउनका कारण रगत अ*भाव भएपछि प्रेमगीत – ३ युनिटले गर्‍यो रक्तदान (भिडियो हेर्नुस्)

Spread the love

काठमाडौं । कोरोनाभाईरसलाई फैलन नदिन सरकारले मुलुक लकडाउन गरेपछि राजधानी काठमाडौंमा रगत अभाव भएको छ । यस बारेमा जानकारी पाएपछी चलचित्र प्रेमगीत ३ युनिटले एक आपसमा सामाजिक दुरी कायम राखी रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रम ग्रीनसिटि अस्पतालको आतिथ्यतामा गरिएको थियो ।

उक्त कार्यक्रममा चलचित्रका निर्माता निर्देशक सन्तोष सेन, नायक प्रदीप खड्का मनिष राउत, पुष्प कार्की नायिका कृस्टिना गुरुङ, गायक प्रताप दास, गायिका प्रबिशा अधिकारी, संगीतकार एलिश कार्की, ग्रिनसिटि अस्पतालका डाक्टर, कर्मचारी, नेपाल प्रहरी र अन्य नागरिकले रक्तदान गरेका छन् ।

कार्यक्रमको संयोजन प्रेमगित३ का कार्यकारी निर्माता एव सामाजिक अभियन्ता चक्र बहादुर चन्दले गरेका थिए भने ५० जनाको सहभागितामा ३० पिन्ट रगत संकलन भएको थियो ।

कोरोना भाइरस (कोभिड–१९)को सं क्रमणलाई मध्यनजर गर्दै ‘प्रेमगीत–३’ टिमले केही समय अगाडि ११ हजार मास्कसमेत वितरण गरेको थियो ।

भिडियो हेर्नुहोस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *