Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइरसको उपचारमा प्र*भावकारी हुने औ*षधि पत्ता लागेको ट्रम्पको दा*वी

Spread the love

एजेन्सी, चैत्र २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गरेका छन् ।

ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको सं क्रमण फेरि फैलिन नदिन प्रभावकारी हुने औषधि उत्पादन गरेको बताएका हुन् ।

औषधिको मानिसमा परीक्षण हुन बाँकी रहेको र चाँडै मानवीय परीक्षण गरिने जानकारी उनले दिए । ट्रम्पले अहिले त्यसको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको पनि बताए ।

कोरोना भाइरसको संक्रमण निको भएकामा फेरि सं क्रमण फैलिएका भने चिन्तामा परेकाहरुलाई यो खुशीको खबर हो । म*हामारी नियन्त्रण गरेको चीन पनि फेरि कतै देशमा म*हामारी फैलिन्छ कि भन्ने चिन्तामा छ ।

ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै उक्त औषधि पठाउन भारतसँग आग्रह नै गर्दै आएका छन् ।

ट्रम्पले अमेरिकामा २० लाखभन्दा बढी व्यक्तिको कोरोना भाइरस परीक्षण गरिएको दाबी पनि गरे ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ज्या न गुमाउनेको संख्या १६ हजार ६ सयभन्दा बढी भएको छ । बिहीबार मात्रै १७ सयभन्दा बढीको मृ त्यु भएको छ । त्यहाँ सं क्रमितको संख्या चार लाख ६८ हजार नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *