Butwal Sandesh

Best Nepali Online Newspaper

लकडाउनमा परि उपत्यकामा रहेकाहरु आज र भोलि (शुक्रबार र शनिवार) गाँउ जान पाइने, सबैको जानकारीको लागि सक्दो सेयर गरौं

Spread the love

काठमाडौँ । विश्वमा कोरोना भाइरसको स ङ्क्रमण बढेसँगै नेपालमा लकडाउन अपनाइएको छ । चैत ११ गते देखि जारी लकडाउन वैशाख तीन गते सम्मका लागि जारी रहनेछ । लकडाउनका कारण अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन चल्न दिइएका छैनन् ।

लकडाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा रहेका मजदुर, विद्यार्थी बढी मा*रमा परेको गुनासो आएसँगै सरकारले शुक्रवार र शनिवार दुई दिने उपत्यका भन्दा बाहिर जान दिने भएको छ । बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यका बाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो ।

लकडाउन लम्बिने भएपछि धेरै मानिस अहिले पैदलै उपत्यकाबाट बाहिरिइरहेका छन्। कमाएको पैसो तथा अन्‍न सकिँदै गएर समस्या हुन थालेपछि एक सातायता कयौँ मानिस पैदलै घर फिरिरहेका छन्। यस्तोमा सरकारले उपत्यका छाड्न चहानेका लागि दुई दिन गाडी खुलाएर गन्तब्यमा पठाउने निर्णय लिएको हो।

सरकारले लकडाउनलाई वैशाख ३ सम्म निरन्तरता दिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म रोकिएको छ। यस्तोमा आन्तरिक हवाई उडान र सडक यातायात खोल्ने मितिबारे सरकार अझै अनिर्णित छ। भारतमा कोरोनाले म*हामारीको रुप लिइरहेको अवस्थामा सरकार पर्ख र हेरको रणनीतिमा बसिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *