Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालीलाई सहयोग गर्दै आएका अमेरिकी नागरिक युनको कोरोना भाइरसले नि*धन

Spread the love

अमेरिका- नेपालीहरुलाई सहयाेग गर्दै आएका एक अमेरिकी राजनीतिज्ञको कोराेना भाइरसका कारण नि’धन भएको छ । नेपालका भूकम्पपी*डितलाई सहयोगका लागि राहत संकलन तथा अमेरिकामा नेपालको झण्डा फहराउने अभियानमा सम्बद्ध न्युजर्सीका मायकल युनको कोरोना भाइरसको सं क्र’मणबाट नि’धन भएको हो ।

जर्सी सिटीका काउन्सिलम्यान समेत रहेका युनले नेपालको इन्द्रावती गाउँपालिकालाई जर्सीसिटीसँग भगिनी सम्बन्ध कायम गर्ने अभियानमा युनको विशेष भूमिका रहेको थियो । जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर बिष्णुमाया परियारको उक्त अभियनामा उनले साथ दिएका थिए । तीन वर्ष अगाडि जर्सी सिटीको मेयर अफिसमा नेपालको झण्डा फहराउनेमा पनि उनले उल्लेख्य भूमिका निभाएका थिए ।

उनले नेपालमा भूकम्प गइसकेपछि झण्डै ३० हजार डलर राहत संकलन गरेर नेपालीहरुका लागि पठाएका थिए । अमेरिकामा रहेका नेपालीका लागि टीपीएस प्रस्ताव पारित गराउनमा पनि उनको सहयोगी भूमिका रहेको थियो । उनको नि*धनले अमेरिकामा रहेका नेपाली समुदायले समेत गहिरो दुःख प्रकट गरेका छन् ।

त्यस्तै टीकापुरमा कोरोना भाइरस (कोभिड १९) सं क्रमित फेला परेको भन्दै अफ*वाह फैलाउने एक व्यक्तिलाई कैलाली प्रहरीले प*क्राउ गरेको छ । प*क्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–२ घर भएका पवन कुमार भट्टराई छन् । प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबूकमार्फत टीकापुरमा कोरोना भाइरस सं क्रमित व्यक्ति फेला परेको भन्दै अफ*वाह फैलाएका थिए ।

उनले आफ्नो फेसबूकमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा कोरोना भाइरसको सं क्रमित भेटिएको भन्दै अ*फवाह फैलाएका थिए । फेसबूकमा अफ*वाह फैलाएको देखिएपछि इलाका प्रहरी कार्यालय टीकापुरले भट्टराईलाई नियन्त्रणमा लिएको हो । अहिले प क्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *