Butwal Sandesh

Best Nepali Online Newspaper

अष्ट्रेलियामा हुने पुरुष टी-२० विश्वकप तोकिएको समयमा हुन्छ : आइसीसी

Spread the love

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप निर्धारित समयमै हुने जनाएको छ । अष्ट्रेलियाले गत महिना महिला टी-ट्वान्टी विश्वकपको सफल आयोजना गरेको थियो ।

पुरुष विश्वकप अष्ट्रेलियामा अक्टोबर १८ देखी नोभेम्बर १५ सम्म आयोजना हुने तालिका छ । विश्वभर त्रासको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वको खेलकुद स्थगित भएको भए पनि टी–ट्वान्टी विश्वकप भने निर्धारित समयमै हुने आईसीसी जनाएको हो ।

केहि समयको गृहकार्यपछि आईसीसीले हालै एक विज्ञप्ति जारी गर्दै समयमै विश्वकप गराउने तयारी भएको बताएको छ । स्थानीय आयोजक समितिले प्रतियोगिताको तयारी गरिरहेको र समितिसँग आईसीसीले निरन्तर छलफल गरिरहेको बताएको छ ।

सन् २०२१ को आईसीसी टी–ट्वान्टी विश्वकप भने भारतले आयोजना गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *