Butwal Sandesh

Best Nepali Online Newspaper

देशभर ९ हजारभन्दा धेरै जना क्वरेन्टीनमा

Spread the love

काठमाण्डौ – स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको त्रा*स बढेको कैलाली, कञ्चनपुर र बाग्लुङमा क्वरेन्टीनमा रहेका सबै जनाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

क्वरेन्टीनमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्न टोली त्यसतर्फ गइसकेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले कोरोनाको जो*खिम बढेकाले क्वरेन्टीनमा रहेका सबैजनाको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

कोरोना भाइरसको आशं*कामा १६ सय ९७ जनाको स्वास्थ्य परीक्षण भएको छ । यीमध्ये अहिलेसम्म नेपालमा ९ जनालाई कोरोनाको सं*क्रमण भएको पुष्टि भएको छ । यस्तै अहिले कोरोनाको आशं*कामा काठमाण्डौमा १२ र काठमाण्डौ बाहिर ९५ जना गरी १ सय सात जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

यसैबीच, देशभर अहिले ९ हजार एक सय ६८ जनालाई क्वरेन्टीनमा राखिएको छ । यस्तै, विदेशबाट आएकाको नमूना परीक्षणका लागि सेना र सशस्त्र प्रहरीको सहयोग लिइने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँले काठमाण्डौसहित १० ठाउँबाट कोरोनाको नमूना परीक्षण थालिएको पनि जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *