Butwal Sandesh

Best Nepali Online Newspaper

अस्पतालमा बि*ग्रिएर थन्किएका भेन्टिलेटरहरू महावीर पुनले बनाउँदै

Spread the love

कोरोनाभाइरस सं-क्रमित बि-रामी संख्या थपिँदै गएको अवस्थामा अस्पतालका भेन्टिलेटरहरू तयारी अवस्थामा राख्नु पर्नेमा म-र्मत हुन सकेका छैनन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आइसियू कक्षका ६ वटा भेन्टिलेटरले काम गर्दैन। ट्रमा सेन्टरका १० वटा भेन्टिलेटर पनि म-र्मत गर्नुपर्ने अवस्थामा छ।

ललितपुरस्थित गणेशमान सिंह मेमोरियल अस्पतालका चार वटा भेन्टिलेटर पनि म-र्मतको पर्खाइमा छ। प्राविधिक नपाइएको र सामग्री अ-भाव भएकोले भेन्टिलेटर म-र्मत गर्न नसकिएको अस्पतालहरूले जनाएका छन्।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेम खड्गाले सामान्य म-र्मत गरेपछि भेन्टिलेटर पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने जानकारी दिए। ‘भनेको बेला सामान पाइँदैन, प्राविधिक पनि पाइएन,’ उनले सेतोपाटीसँग भने, ‘प्रयोगमा नआएका भेन्टिलेटर सामान्य म-र्मत गर्नुपर्नेछ।’

निर्देशक खड्गाका अनुसार शिक्षण अस्पतालमा २० वटा भेन्टिलेटर सञ्चालनमै छ। ‘२० वटा भेन्टिलेटरले काम गरिरहेको छ,’ उनले सेतोपाटीसँग भने, ‘केही म-र्मत गर्नुपर्ने भेन्टिलेटरको विवरण सरकारलाई दिइसकिएको छ।’

ललितपुरस्थित गणेशमान सिंह मेमोरियल अस्पतालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले पनि भेन्टिलेटर सामान्य म-र्मत गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिए। उनकाअनुसार दुई वटा भेन्टिलेटर भने पूर्ण रूपमा काम गर्न सक्ने छन्। तर राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले सेतोपाटीसँग कुराकानी गर्दै ट्रमा सेन्टरका बि-ग्रेका सात वटा भेन्टिलेटर आविष्कार केन्द्रमा म-र्मत गर्न थालिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *