Butwal Sandesh

Best Nepali Online Newspaper

दयाका खानी शिशिर अन्ततः डस्बिनमा भेटिएको बालक १ बर्षका भएको जन्मदिनमा पुगे (भिडियो सहित)

Spread the love

एक बर्ष अघि डस्बिनमा भेटिएका बालकको जन्मदिनको अबसरमा पुगेका शिशिर भण्डारीले फेसबुक मार्फत सार्वजनिक गरे जन्मदिनका तस्बिर हरु।

शिशिर भण्डारीको फेसबुक स्टाटस…

सबैले शेयर गरौं
(एक बर्षअघि पशुपति क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका बाबु भविष्य यति राम्रा भएछन्। उनको जन्मदिनमा सबैले शुभकामना दिनुहोला । )

आज हामी पुगेका छौं, ललितरको कसुन्ती हाईटमा रहेको एउटा पवित्र ठाउँ- नेपाल स्नेही काखमा । मनारोगी दिदी बहिनीहरु र उनीहरुबाट जन्मेका सन्तानहरुले नव जीवन पाउने थलोमा आज हामी बाबु भविष्यको जन्मदिन मनाउन पुगेका थियौं ।

एक बर्षअघि पशुपछत क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका भविष्य निकै राम्रा भएछन् । भविष्यको पालन पोषणका लागि हामीले पनि नेपाल स्नेही काखकी आमा श्रीनेहा पोख्रेललाई सहयोग गर्दै आएका छौं । सोही अनुसार बार्षिय २४ हजार रुपैंया उनको लागि छुट्याएका छौं । निर्दोष भविष्यसंगै अन्य थुप्रै बाल बालिकाहरुको भविष्य स्नेही काख नेपालमा फुल्दैछ ।

स्नेही काखमा फुल्दै गरेका थुप्रै कोपिला जस्ता बाल बालिकाहरुसंगै केक काट्दै हामीले बाबु भविष्यको जन्मदिनको खुशी साट्यौं । स्नेही काख नेपालमा पछिल्लो समयको बर्षाले निकै तनाव दियो ।

अर्को भवनको निर्माणका चुनौतीहरु र गाह्रो, अप्ठेरोका बिषयमाआमा श्रीनेहा पोख्रेलले बताउनु भएको छ । साथै हामीले भिडियोमै स्नेही काखका लागि बिभिन्न सहयोगीहरुबाट प्राप्त सहयोग रकम २१ हजार १ सय पनि बुझाएका छौं ।

भिडियो हेर्नुहोस-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *