Butwal Sandesh

Best Nepali Online Newspaper

काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने १ हजार २८८ जना प*क्राउ

Spread the love

काठमाडौं । सरकारले जारी गरेको लकडाउन उल्लघंन गरेकाे भन्दै प्रहरीले १ हजार २८८ जनालाई प क्राउ गरेको छ । विश्वभरी म´हामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सं क्रमण नेपालमा फैलन नदिन तथा यसको नियन्त्रणका लागि सरकारले चैत्र ११ बाट लकडाउन जारी गरेको थियो। प्रहरीका अनुसार लक डाउनको १३ औं दिन आज विहान ८ बजेसम्म उल्लघंन गर्ने १२ सयभन्दा बढी प क्राउ गरिएको छ ।

प क्राउ पर्नेहरूमा १ हजार ४० जना पुरुष रहेका छन् भने २ सय ४८ जना महिला रहेका छन् । त्यस्तै ६२ वटा सवारी साधनपनि नियन्त्रणमा लिइएको प्र हरीले जनाएको छ । उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प क्राउ गरिएको हो ।

सरकारले लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई का रवाही गर्न निर्देशन दिएको छ । शनिबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनलाई अझै प्रभाकारी बनाउन एक स्थानीय तहबाट अर्को स्शथानीय तहमा जान समेत रो क लगाएको छ ।

लकडाउनका कारण काठमाडौं उपत्यकासहित नेपालका मुख्य शहरहरु पूरै सुनसान रहेका छन् । नेपालमा कोरोना भाइरस सं क्रमितको संख्या नौ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *