Butwal Sandesh

Best Nepali Online Newspaper

चैत महिनामा विदेशबाट नेपाल भित्रिएका सबैको कोरोना परिक्षण गरिने

Spread the love

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत लागेपछि विदेशबाट आएका र कोरोना सं क्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका सवैको कोरोना परिक्षण गरिने बताएको छ ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म १ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिंदै चैत लागेपछि विदेशबाट आएका सवै, कैलाली, कञ्चनपुर र बाग्लुङ्का कोरोना सं क्रमितहरुका आफन्त तथा उनीहरुको सम्पर्कमा आएका सबैको परिक्षणका लागि टोली खटाएको जानकारी दिए ।

उनीहरुको आरडिटि प्रविधिबाट परिक्षण गर्ने र त्यसमा पोजिटिभ देखिए पुनः पिसिआर परीक्षण गरिने बताए ।

यस्तै खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा बसेका ९४ जनामा कोरोना सं क्रमण नदेखिएको भन्दै डा. देवकोटाले हाल देशभर १ सय १३ जना आइसोलेसन कक्षमा रहेको जानकारी दिए ।

एनएमबि गु्रपले हरेक प्रदेशमा १ सयका दरले पीपीई वितरण गर्न ७ सय पीपीई दिएको र नेपाल भारत मानव विकास मैत्री संघले समेत ३ सय पीपीई उपलव्ध गराएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *