Butwal Sandesh

Best Nepali Online Newspaper

के बिसिजीको अनिवार्य खोप नै हाम्रो लागि वरदान सावित भएको हो त ?

Spread the love

काठमाडौं– नेपालसहित विश्वका विभिन्न देशहरुमा नवजात शिशुहरुलाई दिइने क्षयरोगविरुद्धको बीसीजी खोप कोरोना भाइरसका लागि वरदान सावित हुन सक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

इकोनोमिक्स टाइम्सले भारत तथा नेपालसहितका विभिन्न देशहरुमा बीसीजी खोप क्षयरोगसहितका रोगहरुबाट सुरक्षित रहनका लागि प्रयोग भैरहेको छ ।

उक्त खोपले कोरोना भाइरसको सं क्रमणबाट उत्पन्न जटिलतालाई केही हदसम्म कम गर्न सक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

अमेरिकी वैज्ञानिकहरुले नवजात शिशूहरुलाई लगाइने बीसीजी खोपलाई कोरोना भाइरसका सं क्रमितहरुसंग जोडेर हेर्न थालेका छन्, भारतीय वैज्ञानिकहरु आशावादी छन्, तर सावधानिपूर्वक ।

बीसीजी खोप (द बासिलस काल्ल्मेटे–गुइरिन) नेपालका लाखौं शिशूहरुलाई क्षयरोगका बचाउनका लागि जन्मिने बित्तिकै दिइन्छ ।

उक्त खोप अहिले आएर कोरोना भाइरसविरुद्ध दरिलो हतियार हुन सक्ने अमेरिकी वैज्ञानिहरुले बताएका छन् । कोरोना भाइरसको प्रभावको गम्भिरतालाई बाल्यकालमा दिइएको बीसीजी खोपसंग जोडेर हेर्न थालिएको छ ।

जसका बारेमा न्यूयोर्क इन्टिच्यूट अफ टेक्नोलोजीले गरेको अध्ययनको नतिजा सार्वजनिक हुनै बाँकी छ, तर यसलाई अमेरिका र ईटालिसंग तुलना गर्दै हेर्न थालिएको छ ।

‘इटाली, नेदरल्याण्ड, अमेरिका जस्ता देशहरु जहाँ बीसीजी खोपका विश्वव्यापी नीतिहरु मानिंदैन, त्यहाँ कोरोना भाइरसले ड रलाग्दा सं क्रमण फैलाएको छ, त्यो पनि बीसीजी अनिवार्य गरिएका देशहरुको तुलनामा’, अमेरिकाका वैज्ञानिकहरुले गरेको अनुसन्धानको रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकामा हालसम्म ३ लाख ११ हजार ६ सय ३७ जना मानिसहरु सं क्रमित भैसकेका छन् भने ८ हजार ४ सय ५४ जनाले ज्या न गुमाइसकेका छन्, इटालिमा १ लाख २४ हजार ६ सय ३२ जना सं क्रमित छन् भने १५ हजार ३ सय ६२ जनाले ज्या न गुमाएका छन्, निदरल्याण्ड्समा १६ हजार ६ सय २७ जना सं क्रमित भएका छन् भने १६ सय ५१ जनाले ज्या न गुमाइसकेका छन् ।

उक्त अध्ययनका अनुसार, मृ त्युदर र विकृति घटाउने बिसीजी भ्याक्सिनहरु कोरोना भाइरसविरुद्धको लडाईंमा खेल परिवर्तनकर्ता नै बन्ने सम्भावना बढेर गएको छ ।

बीसीजी भ्याक्सिन नेपाल तथा भारत जस्ता देशहरुमा विश्वव्यापी खोप कार्यक्रमको रुपमा रहेका छन् र नवजात शिशू जन्मिए लगत्तै उक्त खोप लगाउनै पर्ने अनिवार्य व्यवस्था गरिएको हुन्छ ।

उता, अमेरिकामा रहेका डा.उत्तम गौलीले पनि एउटा लेख लेख्दै नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट सं क्रमित व्यक्तिको संख्या न्यून रहेको र कोविड-१९ को कारण कसैको मृ त्युको रिपोर्ट नआउँनु सुखद अनुभूति भएको उल्लेख गरेका छन् ।

‘यसको पछाडि के कस्ता कारण हुन सक्छन् भन्ने कुराको विभिन्न अनुमानकाबीच भर्खरै प्रकाशित एक अनुसन्धानको परिणामले एक मननीय कारण औंल्याएको छः नेपालमा वालवालिकालाई अनिवार्य रूपमा दिइने बीसीजी खोपको कारण नेपालीको कोविड-१९ विरुद्धको प्रतिरक्षा दह्रो बनेको हुनसक्छ’ उनले लेखेका छन् ।

नेपालमा अहिलेसम्म ९ जनामा कोरोना भाइरसको सं क्रमण देखिएको छ भने ती मध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । यद्यपि नेपालमा हिजो शनिवारदेखि कोरोनाको सं क्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सुरक्षाका थप रणनीतिहरु अपनाउन थालिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *