Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाको औषधि पत्ता लागेको छैन, तर पनि कसरी भइरहेको छ त कोरोनाको उपचार ?

Spread the love

काठमाडौं । चीनबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना (कोभिड-१९) भाइरसको सं क्रमण पुष्टि भएको साढे दुई महिना पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा परीक्षण गर्दा ९ माघमै ती विद्यार्थीमा कोरोना पोेजेटिभ देखिएको थियो ।

नेपालभित्र देखिएका पहिलो सं क्रमित निको भइसकेका छन् । उनीजस्तै विश्वभरि दुई लाख ३६ हजारभन्दा बढी कोरोना सं क्रमित उपचारपछि घर फर्किसकेका छन् । डब्लुएचओका अनुसार २०० भन्दा बढी देशमा पुगेको कोरोनाबाट ६५ हजारभन्दा बढीको ज्या न गइसकेको छ । सं क्रमितको संख्या १२ लाख नाघेको छ । नेपालमा कुल सं क्रमित संख्या ९ पुगेको छ ।

गत डिसेम्बर अन्तिम साता ची नको वु*हानमा पहिलोपटक देखिएको कोरोनाको औषधि अझैसम्म पत्ता लाग्न सकेको छैन । औषधि पत्ता नलागेको रोगका विरामी कसरी निको हुन्छ त ?

‘अहिलेसम्मको तथ्यांक हेर्दा ८० प्रतिशतभन्दा बढी केसमा बिरामीकै रो ग प्रतिरोधात्मक क्षमताका कारण निको भएको देखिन्छ’ शुक्रराज ट्रपिकल तथा सरुवा रो ग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजक डा.शेरबहादुर पुन भन्छन्, ।

उनका अनुसार सामान्तया १५-२० प्रतिशत बिरामीलाई मात्रै उपचारको आवश्यकता पर्छ । आइसीयु वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विरामीको संख्या त झन पाँच प्रतिशतभन्दा पनि सानो हुने जानकारहरू बताउँछन् ।

कसरी हुन्छ उपचार ?

विभिन्न देशको निरन्तर प्रयासका बाबजुद कोभिड-१९ म´हामारीको औषधि पत्ता लाग्न सकेको छैन । अहिलेसम्मको आँकडा हेर्दा प्रत्येक १०० मध्ये ९५ जना बिरामी निको भइरहेका छन् । डब्लुएचओले त झन कुल सं क्रमित मध्ये ३.४ प्रतिशतको मात्रै मृ त्यु हुने प्रक्षेपण गरेको छ । चिकित्सकहरूका अनुसार बिरामीलाई स्ट्यान्डर्ड प्रोटोकलका आधारमा औषधि दिने गरिन्छ । ‘बिरामीमा देखिएको लक्षणको आधारमा औषधि प्रयोग गरिन्छ’ डा. पुन भन्छन् ।

उदाहरणका लागि बिरामीमा निमोनियाको लक्षण छ भने एन्टी बायोटिक्स दिइन्छ । रो गको लक्षणअनुसार एन्टी-भाइरल वा एन्टी-बायोटिक्स दिने गरिएको डा. पुनले जानकारी दिए । भारतको जयपुरस्थित एक अस्पतालले भने एचआइभी एड्समा प्रयोग गर्ने औषधि प्रयोग गरिएका तीनजना निको भएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि २-४ वटा सं क्रमितलाई निको पार्दैमा त्यसले औषधिको मान्यता भने नपाउने चिकित्सकहरू बताउँछन् ।

छैन हाम्रो ‘गाइड-लाइन’

कतिपय देशले विरामीलाई सार्सका बेला प्रयोग गर्ने औषधि पनि दिने गरेका छन् । कतिपय अस्पतालले आ-आफ्नै ढंगले प्रोटोकल बनाएर उपचार गरेको देखिन्छ । तर, एउटा देशमा काम लागेको ‘गाइड-लाइन’ अर्को देशमा काम नलाग्न पनि सक्छ । उदाहरणका लागि चीनमा उपयोगी प्रोटोकल अमेरिकामा काम नलाग्न सक्छ ।

नेपालले भने कस्तो लक्षणमा कुन औषधि प्रयोग गर्ने भन्ने गाइडलाइन बनाएको छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. पुन देशभरि गाइड-लाइन हुँदा चिकित्सकलाई उपचार गर्न सजिलो हुने बताउँछन् ।

काठमाडौं उपत्यका बाहिरसमेत कोरोनाको नमूना परीक्षण गर्ने ल्याब बनिसकेको सन्दर्भमा देशभरि काम लाग्ने स्ट्यान्डर्ड प्रोटोकल बनाउनुपर्ने देखिन्छ । राष्ट्रियस्तरको मापदण्ड हुँदा म´हामारी फैलिइहाल्यो भने काठमाडौं बाहिरका अस्पताललाई पनि काम गर्न सजिलो हुने जानकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *