प्रधानमन्त्री ओलीद्दारा नेपाली श्रमिकको अवस्थाका बारेमा खाडिका प्रमुखसंग छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्री खलिफा बीन सलमान अल खलिफासँग कोरोना भाइरस (कोभिड १९) को म´हामारी र त्यसले पारेको प्रभावका विषयमा कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आफूले कोभिड १९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा शनिवार बहाराइनका प्रधानन्त्रीसँग फोन संवाद गरेका जानकारी दिएका छन् ।
उनले त्यहाँ (बहराइन) रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेको जनाएका छन् । उनले यसैगरि अन्य मुलुकका सरकार प्रमुखहरुसँग पनि संवाद जारी राख्ने बताएका छन् । बहराइनमा हालसम्म १२ जना नेपालीमा कोरोनाको सं क्रमण देखिएको बहराइन स्थित नेपाली राजदूतावासले जनाएको छ ।
परदेशमा रहेका र कोरोना भाइरसको म´हामारीका कारण आर्थिक, सामाजिक, मनोवैज्ञानिक हिसावले त्र´सित नेपालीलाई स्थानीय नागरिक सरह स्वास्थ्य सेवामा पहुँच र श्रमिक अधिकारको रक्षाका विषयमा नेपाल सरकारको सकृयता आवश्यक छ ।