Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइरससंग लड्ने क्षमता कसरी बढाउने ??

Spread the love

घरमा बनाएको ताजा र पोषिलो खानेकुरा खाने बानीको विकास गरौँ । हरियो सागसब्जी, फलफूल, दूध र गेडागुडी नियमित खाने गरौँ । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौँ ।

भिटामिन सी, बी ६, ई, जिनलगायत पोषण प्राप्त हुने खाना सेवन गरौँ । खेल्ने बानी बसालौँ । नियमित व्यायाम, योग र हाइकिङ गरौँ । भिटामिन डी प्राप्त गर्न बिहानको घाममा बसौँ । चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ ।

लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वाङ, सुकमेल, अलैँची, जाइफल, ज्वानोजस्ता मसलासहितको खाना खाने गरौँ ।

भिटामिन सी पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ । पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिँचाइ गरौँ । मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ । दिल खोलेर हाँस्ने गरौँ ।

आफूलाई कोरोना छ कि छैन ? घरमै बसेर यसरी थाहा पाउने

घरमै बसेर आफूलाई कोरोना (कोभिड १९) भाइरस छ कि छैन थाहा पाउने मोबाइल एप स्वास्थ्य मन्त्रालयले संचालन ल्याएको छ।

आइतबारदेखि स्वास्थ्य मन्त्रालयले कोरोना पहिचानको लागि http://covid19.mohp.gov.np मोबाइल एप संचालनमा ल्याएको हो। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था मिलाउन मोबाइल एप संचालनमा ल्याएको हो।

आइतबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले एप सञ्जालमा ल्याएको जानकारी गराएका हुन्।

मन्त्रालयले सार्वजनिक गरेको यो एपबाट देशभर कति क्वारेन्टाइन, आइसोलेसन छन् लगायतका विवरणसमेत थाहा पाउन सकिन्छ। एपमा अस्पतालमा आफूले खोजे अनुसारको सुविधा भए नभएको विषयमासमेत जानकारी गराउने छ। प्रवक्ता देवकोटाका अनुसार एपको माध्यमबाट सरकारले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिको बारेमा जानकारी लिनेछ।

एपकै सहयोगमा घरमै बसेर हरेक व्यक्ति आफैले आफूलाई कोरोना भएनभएको बारेमा जानकारी लिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *