Butwal Sandesh

Best Nepali Online Newspaper

ची´नद्वारा अमेरिकालाई एक हजार थान भेन्टिलेर सहयोग

Spread the love

एजेन्सी । बढ्दो तिक्ततालाई बिर्संदै बिपतको बेला चीनले अमेरिकालाई सहयोग गरेको छ । उसले अमेरिकालाई कोरोना भाइरसविरुद्ध लड्न सहज होस् भन्ने हेतुले १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ ।

यी भेन्टिलेटर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा प्रयोग गरिने बताइएको छ ।

न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् ।

चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ ।

सीएनएनका अनुसार न्युयोर्क सिटीमा सं क्रमणदर उच्च भएको छ । पछिल्लो तथ्यांक अनुसार, त्यहाँ १ लाख १३ हजार मानिस कोरोना भाइरसको सं क्रमित भएका छन् ।

अहिलेसम्म अमेरिकामा मृ’ त्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मानिस न्युयोर्क राज्यकै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *