Butwal Sandesh

Best Nepali Online Newspaper

यही भी’डमा थिए कैलालीका को’रोना सं*क्रमित २१ वर्षीय युवक

Spread the love

धनगढी : को’रोना सं क्रमित, कैलालीको लम्कीचुहा नगरपालिका ९ का २१ वर्षीय युवक चैत ११ गते कैलालीको गौरीफन्टा सीमा ना’काबाट नेपाल प्र’वेश गरेको खुलेको छ। तस्बिरमा देखिएको यही भी’डमा ती युवा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। ल’कडाउनका बेला, सीमामा पुगेका उनी सहितका ९९८ जनालाई १९ वटा बसमा हा’लेर सम्बन्धित स्थानीय त’हमा पुर्याइएको थियो। त्यो दिन, गौरीफन्टा नाकामा नेपाल आउनु पाउनुपर्छ भन्दै प्रहरीलाई ढुं’गामुढा समेत गरिएको थियो।

पछि, उनीहरुको नाम ठेगानासहितको रेकर्ड राखेर साँझ बसमा उनीहरुलाई अनिवार्य क्वारेन्टाइन हुने शर्तमा पठाइएको थियो। ११ गते लम्कीचुहास्थित घरमै बसेका उनलाई दोस्रो दिन मात्रै क्वारेन्टाइनमा लगिएको लम्कीचुहा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले बताइन। ‘एक रात घरमा बसेका युवकले घरमा पनि कोरोना सारेका हुन सक्छन्’, उनले शं’का गर्दै भनिन्। उनी सहितका ४४ जनालाई चैत १२ गते मात्रै लम्कीचुहा नगपालिका-९ मा रहेको सरस्वती माविमा राखिएको क्वारेन्टाइनका संयोजक तथा प्रतापपुर स्वास्थ्यचौ’की इ’ञ्चार्ज करिसिंह भुलले बताए।

उनीहरुलाई घरघरबाट बोलाएर क्वारेन्टाइनमा राखिएको हो। ‘कसैलाई त घरमै बसेको पनि तीन चार दिन पनि भइसकेको थियो’, उनले भनिन्। स्वास्थ्य शाखा प्रमुख बिसीले को’रोना पुष्टि भएका युवकमा कुनै पनि ल’क्षण भने नदेखिएको बताइन्। ‘क्वारेन्टाइनमा राखिएका ४४ जनाकै दैनिक स्वास्थ्य चे’कजाँच, ज्वरो आदि नाप्ने गरेका थियौं’ बिसीले भनिन्। ‘उनमा कुनै पनि स’मस्या देखिएको थिएन। तर, उनलाई शनिबार बिहान एम्बुलेन्समार्फत् धनगढी लगिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *