Butwal Sandesh

Best Nepali Online Newspaper

लकडाउनले हराएको मान्छे अझैसम्म भेटिएन, भेटाउनेलाई एक लाख पुरस्कारको घोषणा

Spread the love

भारतको दार्जेलिङबाट आफ्नो बाबु भेटन आएका ७३ बर्षिय बृद्ध मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट ६ दिनदेखि हराइरहेका छन । यसरी हराउनेमा ७३ बर्षिय हर्कसिंह जबेगु लिम्बू रहेका छन । उनी पत्नी हर्कमाया लिम्बूसहित मोरङको पथरी शनिश्चरे नगरपालिका-३, सिर्जना टोलमा बस्ने १०४ बर्षिय बाउ मेघध्वज जबेगुलाई भेटन आएका थिए ।

दार्जिलिङ सुम्बुकबाट चैत्र २ गते नेपाल आएका लिम्बू १७ गते साँझ ५ बजे देखि हराएको बुहारी पृया लिम्बूले बताइन । दोकानमा समान किन्छु भनेर गएको हर्कसिंह अबेरसम्म घर नआएपछि सोही समयदेखी खोजी भइरहेको बुहारी पृयाले बताइन ।

छ दिनदेखी निरन्तर आफन्त छरछिमेकी गाउँहरुमा खोजी गर्दा फेला नपरेको हर्कसिंहकी पत्नी हर्कमाया लिम्बूले बताए । उनी दार्जिलिङमा पनि कहिले काहीँ घर छाड्ने गरेपनी आफै फिर्ने गरेको पत्नी लिम्बूले जानकारी दिइन ।

कोरोनाभाइरस नियन्त्रणको लागि भएको लकडाउनको कारण सवारी साधन प्रशस्त प्रयोग गर्न नपाइएको र घरबाट मानिस ननिस्किने भएकोले पनि भेटाउन समस्या भएको मदन राईले बताए ।

उच्चाई अन्दाजी ५ फिट ४ इन्च भएको लिम्बूले एडिड्यासको कालो ट्र्याक, खरानी रंगको टि-सट, खैरो क्याप (नाबुराम) र म्याजिक हाप जुत्ता लगाएर हिडेको बताइएको छ । उनको खोजिको लागि स्थानीयबासी लागिरहेका छन ।

भेटेर बुझाउने जो कोहि महानुभाव हरुलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने लिम्बूकी छोरी मिनु लिम्बूले पुरस्कार घोषणा गरेकी छन । आफूलाई भेट्न आएको छोरा हराएपछी १०४ बर्षिय बाबु दिनै रोइरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *