Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालमै नेपालीबाट कोरोना सर्नु ग´म्भीर संकेत !

Spread the love

काठमाडौं । कैलालीकी एक महिलालाई कोरोना सं क्रमण भयो । उनी विदेश गएकी थिइनन् । उनलाई देशभित्रै, गाउँघरमै कोरोना सर्यो । यसले के संकेत गर्छ ? प्रश्न उठेको छ । अहिलेसम्म नौ जनालाई कोरोना सं क्रमण भएको छ ।नौमध्ये आठजना विदेशबाट फर्किएका थिए । उनीहरुलाई विदेशमै भाइरस सरेको थियो तर स्वदेश फर्किएपछि मात्र सं क्रमण देखा पर्‍यो । तर, आज कैलालीमा जो महिलालाई सं क्रमण देखियो, उनी विदेश गएकै थिइनन् । उनलाई विदेशबाट फर्किएका आफन्तबाट कोरोना सरेको प्रष्ट भएको छ ।

देशभित्रै कोरोना सरेको यो पहिलो घटना हो । यस अघि भेटिएका आठ जना सं क्रमितबाट कसैलाई कोरोना सरेको अहिलेसम्म पाइएको छैन । देशभित्रै कोरोना सर्नुले विभिन्न कोणबाट सचेत हुन सबैलाई बाध्य पारेको छ ।कैलाली गर्मी जिल्ला हो । आज दिउँसो दुई बजे कैलालीको तापक्रम ३२ डिग्री सेल्सियस हो । यो भनेको निक्कै गर्मी हो । गर्मीमा कोरोना सर्दैन, लाग्दैन भन्ने अफवाह व्यापक छ । यो अफवाहको भर नपरेर जोगिने बेला आएको छ ।देशभित्रै कोरोना सर्नु निकै गम्भीर विषय हो । विदेशबाट आएका सं क्रमितबाट अरुमा सं क्रमण सर्नुले स्थिति चि,न्ताजनक बनेको छ ।

तर, ती महिलामा कोबाट कोरोना सर्‍यो भन्ने पहिचान भएको छ । अर्थात्, सं क्रमणको स्रोत थाहा छ । भारतले संक्रमणको स्रोत थाहा पाइन्जेल स्थितिलाई गम्भीर रुपमा लिएन । अहिले भारतमा तीन हजारभन्दा धेरै संक्रमित छन् । कोबाट कसमा सर्‍यो भन्ने थाहा हुन नसक्ने अवस्थालाई अहिले विश्वव्यापी रुपमा दोस्रो चरणको म´हामारी मान्ने गरिएको छ । तर, नेपालमा पाइएकी नवौं सं क्रमितका आधारमा नेपाल दोस्रो चरणमा प्रवेश गर्‍यो भनिहाल्न मिल्दैन ।कोरोना म´हामारीमा एउटा चरण यस्तो आउनसक्छ जतिबेला कसलाई कोबाट सं क्रमण सर्‍यो भन्ने पत्तो नै पाइँदैन ।

भारत हालै त्यस्तो चरणमा प्रवेश गरेको छ र त्यहाँ अवस्था चिन्ताजनक छ । नेपालमा ‘कम्युनिटी लेभल’ मा कोरोना पुगेको त हो तर यसले म´हामारीको रुप लिइसकेको भने छैन । म´हामारीको रुप लिनु अघि नै अर्थात् कोबाट कसमा सरेको हो भन्ने थाहा पाउन नसकिने संख्यामा कोरोना फैलनु अघि नै सजगता अपनाउनुपर्ने भएको छ ।नवौं कोरोना पी डित महिलालाई हेरेर भन्न सकिन्छ– लकडाउनको पालना अब सबैका लागि जीवनमरणको सवाल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *