Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालमा कोरोना सं*क्रमित बढदै गएको कारण लकडाउन अझै एकसाता लम्बिने, प्रधानमन्त्रीले देशबासीको नाममा पुनः सम्बोधन गर्ने

Spread the love

काठमाण्डौ । नेपालमा चैत ११ गतेदेखि जारी लकडाउन पुनः लम्ब्याउने तयारी थालिएको छ । स्वास्थ्य विज्ञहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामहरुको प्रशंसा गर्दै जो खिमलाई कम गर्न लकडाउनको अवधि अझै लम्ब्याउनुपर्ने सुझाव दिएपछि सरकारले लकडाउन लम्ब्याउने तयारी थालेको हो । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले आफूहरुले सरकारलाई लकडाउनको अवधि अझै एक साता लम्ब्याउन सुझाव दिएको बताएका छन् । स्वास्थ्य मन्त्रालयको यो सुझावको विषयमा सरकारका मन्त्रीहरु समेत सकारात्मक छन् ।

डा. कार्कीले भनेजस्तो एकसाता मात्रै लकडाउन लम्ब्याउँदा बैशाख २ गतेसम्म जान्छ । तर, सरकारका अधिकांश मन्त्रीहरु भारतले आह्वान गरेको लकडाउनको अन्तिम दिनभन्दा पनि केही पछिसम्म नेपालमा समेत लकडाउन जारी राख्नुपर्ने तर्क गरिरहेका छन् ।भारतमा मोदी सरकारले २४ मार्चमा अप्रील १५ सम्मका लागि लकडाउन गरेको छ । सरकारका मन्त्रीहरु नेपालमा पनि अप्रील १७ सम्म लकडाउन गर्नुपर्ने विषयमा छलफल गरिरहेका छन् । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सीसीएमसी)का सदस्य समेत रहेका एक मन्त्रीले दिएको जानकारी अनुसार लकडाउनको अवधि कम्तीमा एकसाता लम्बिने र बढीमा अप्रील १७ सम्म जानसक्छ।

विज्ञहरुको सल्लाह र सीसीएमसीका सदस्यहरुले दिएको जानकारीका आधारमा नेपालमा जारी लकडाउन कम्तीमा एकसाता अझै लम्बिने चाहि प्रष्ट देखिन्छ । स्वास्थ्य विज्ञ तथा मन्त्रीहरु भारतबाट नेपालमा मानिसहरुको प्रवेशको क्रम पछिल्लो पटक धेरै भएको र सबैलाई क्वारेन्टाइनमा नराखिएकोले कोरोना भाइरस सं क्रमणको जो खिम बढ्नसक्ने संभावना रहेको भन्दै तत्काल लकडाउन खोल्न नहुने पक्षमा देखिएका छन् । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सकारात्मक रहेका ती मन्त्रीले जानकारी दिए । ‘कोरोना भाइरसको संभावित जो खिम नियन्त्रणका लागि लकडाउनको अर्को विकल्प नै छैन ।’

ती मन्त्रीले भने–‘लकडाउन लम्ब्याउने विषयमा सोमबार निर्णय हुनेछ ।’ त्यसो त सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रील १५ सम्म राख्ने यसअघि नै निर्णय गरिसकेको छ । लकडाउनको अवधिलाई केही लम्ब्याउने र त्यसपछि पनि अन्तराष्ट्रिय उडान तथा सीमा नाका खोल्न भने हतार गर्न नहुने विज्ञहरुले सरकारलाई सुझाइरहेका छन् । विश्वका अन्य देशहरुमा कोरोना सं क्रमणको अवस्था भयावह बन्दै गएका कारण अन्तराष्ट्रिय उडानहरु अन्तराष्ट्रिय परिस्थिति सामान्य नभई खोल्न नहुने विज्ञको सुझाव छ ।यस्तै, भारतमा समेत कोभिड १९ संक्रमण फैलिन कम नभएकोले अप्रील १७ पछि लकडाउन खोले पनि सीमा नाकाबाट हुने सर्वसाधारणको आवातजावत बन्द जारी राख्नुपर्ने उनीहरु बताउँछन् ।

‘देशभित्रको लकडाउन मात्र खोल्न सकिन्छ, तर अन्तराष्ट्रिय उडान र सीमा खुल्ला गर्नतर्फ लागियो भने संक्रमण फेरि भित्रिन सक्छ ।’ विज्ञहरु भन्छन्–‘सरकारले यी दुई विषयमा लकडाउन खोलेपछि पनि विचार पुर्याउन आवश्यक छ ।’यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा भइरहेका प्रयास, यसमा जनताले दिएको साथ लगायतका विषयलाई लिएर देशबासीको नाममा पुनः सम्बोधन गर्ने भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले देशबासीको नाममा पुनः सम्बोधन गर्ने तयारी भइरहेको बताए ।

उनका अनुसार प्रधानमन्त्रीले पुनः सम्बोधन गर्ने दिन र समय भने निश्चित भइसकेको छैन । सरकारकै अर्का एक मन्त्रीले प्रधानमन्त्रीेले नै देशबासीको नाममा सम्बोधन गरी लकडाउनको अवधि पुनः लम्ब्याउने विशेष घोषणा गर्नसक्छन् । त्यसो हुँदा प्रधानमन्त्रीको सम्बोधन सोमबारसम्म आइसक्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *