Butwal Sandesh

Best Nepali Online Newspaper

जर्मनीमा दुईभन्दा बढी मानिस एकै ठाउँ उभिन नहुने, उभिए ५ सय युरो जरिवाना

Spread the love

एजेन्सी । विश्‍वभर कोरोना भाइरस (कोभिड-१९) को त्रा स फैलिइरहँदा जर्मनीमा पनि विशेष सा वधानी अपनाइने भएको छ । जसअन्तर्गत तीन अप्रिलबाट लागू हुने गरी सडकमा दुईभन्दा बढी मानिस उभिए ५ सय युरो जरि वाना तिर्नु पर्नेछ ।

जर्मनीकी चान्सलर एङगेला मर्केलले जनतालाई घर नछाड्न आदेश दिँदै यस्तो जानकारी गराएकी हुन् । किराना पसल र मेडिकलमा भने यो लागू हुने छैन ।

यसका साथै जर्मन सरकारले मानिसहरुलाई पाँच फिटको सामाजिक दूरी कायम गर्न भनेको छ भने दुईभन्दा बढी मानिस भेला हुन प्रति बन्ध गरेको छ ।

यस्तै त्यहाँका १६ स्थानीय सरकारहरुले पनि सोही नियमको पालना गराउन आफ्नो स्थानीय निकायमा जानकारी गराएका छन् ।

जर्मनीको सबैभन्दा ठूलो राज्‍य बाभारियामा सबैभन्दा धेरै कोरोना भाइरसको सं क्रमितको पुष्टि भएको छ । त्‍यहाँ कम्तीमा पनि १ हजार ८ सयभन्दा बढीजनामा कोरोना पोजिटिभ देखिएको छ ।

जर्मनीमा ९१ हजार १५९ जना कोभिड १९ पोजेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *