Butwal Sandesh

Best Nepali Online Newspaper

तस्क´रहरुको लहैलहैमा लाग्दा ‘मैले मेरी प्यारी छोरी र मेरो पैसा सबै गुमाएँ ।’

Spread the love

‘मैले मेरी प्यारी छोरी र मेरो पैसा सबै गुमाएँ ।’ पति पत्नी दुवैले गरेर महिनामा ३११ पाउण्ड कमाउने यो दम्पतीले छोरीलाई बेलायत कमाउन पठाउनको लागि त´स्करहरुले मागेको ३० हजार पाउण्ड जुटाएर दिएका थिए ।

बेलायतमा कन्टेनरभित्र ज्या न गुमाएका ३९ जना आप्रवासीमध्ये एक आफ्नी छोरी समेत भएको लगभग पक्का भएपछि भियतनामका मातापीताले आफ्नो पी´डा पोखेका छन् । यो घटनामा कन्टेनरभित्र चिसोमा थुनिएर ३९ जनाले ज्या न गुमाएका थिए । तीमध्ये एक भियतनामकी फाम थी ट्रा मी पनि भएको मानिएको छ । उनले आफ्ना मातापितालाई मंगलबार राती आफू म’र्दैछु भन्दै निकै हृ’दयवि´दारक म्यासेज पठाएकी थिइन् ।

मीकी आमा गुएन थी फोङ र पिता फाम भान थिनले आफ्नो पी´डा यसरी पोखे । सिएनएनसँगको एक अन्तरवार्तामा उनका पिता फामले भने ‘मैले मेरी प्यारी छोरी र मेरो पैसा सबै गुमाएँ ।’ पति पत्नी दुवैले गरेर महिनामा ३११ पाउण्ड (४५ हजार नेपाली रुपैयाँ) कमाउने यो दम्पतीले छोरीलाई बेलायत कमाउन पठाउनको लागि तस्करहरुले मागेको ३० हजार पाउण्ड (४३ लाख ६७ हजार नेपाली रुपैयाँ) जुटाएर दिएका थिए । उनीहरुले तस्करलाई पैसा दिएपछि मी चीन, फ्रान्स हुँदै बेलायतका लागि गएकी थिइन् ।

‘तस्करहरुले उनीहरु विमान कारबाट जाने र यो बाटो सुरक्षित भएको बताएका थिए । यदि मलाई उनीहरु यस्तो बाटो जाँदैछन् भन्ने थाहा पाएको भए म उसलाई जान दिने थिइन’ फामले भने । क्ष´त विक्ष´त भइसकेका यी मातापिता अब ब्रिटिस र भियतनामी अधिकारीहरुले आफ्नी छोरीको श´व पठाइदिने पर्खाइमा छन् । बेलायतमा रहेका भियतनामी समुदायले पनि हराइरहेका भियतनामी नागरिकको फोटो र जानकारी संकलन गरिरहेको छ ।

बेलायतमा रहने भियतनामी समुदायको वेबसाइट भियतहोमले आफूहरुले हराइरहेको भनिएका १५ देखि ४५ वर्ष उमेर समूहका २० जना भियतनामीको फोटो संकलन गरेको जनाएको छ । यदि भियतहोममा हराइरहेको भनेर रिपोर्ट गरिएका व्यक्तिले नै लरीभित्र ज्या न गुमाएको भए सबैभन्दा कम उमेरकी पी´डित अहिले चर्चा भएकी मी भन्दा कम उमेरकी हुनेछिन् ।

हराइरहेकी एक भियतनामी किशोरी मो उमेर १९ वर्ष छ र उनका परिवारले उनी पनि यही लरीमा भएको हुन सक्ने अनुमान गरेका छन् । भियतहोमले संकलित फोटो पु´लिसलाई दिएको छ र उनीहरुको परिवारलाई ती फोटोहरु अनलाइन पोस्ट नगर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *