Butwal Sandesh

Best Nepali Online Newspaper

यस्तै रहेछ परदेशी जीवन, कमाउँदा हा`ई हा´ई, दुः*ख पर्दा कोही न कोही ।

Spread the love

कृष्ण ढुङ्गाना, हाल मलेसिया । अहिले म मलेसियामा छु । कोरोनाको त्रा’स नहुँदा त का’हालीलाग्दो यो परदेशमा झन् कोरोना थपिएको छ । ड रको के कुरा गर्नु ? भागेर जाउँ कुन ठाउँ जाउँ, कोरोना नपुगेको सहर नै छैन । मनमा कोरोनाको ड र बोकेर काम गर्नुपर्दा त जिन्दगीकै भर छैन, के दुःख गर्नु झैं लाग्ने । संसारभर फैलिएको कोरोनाको तथ्याँक हेर्छु अनि नेपाली धेरै भएको देशको हेर्छु । सबैभन्दा धेरै त मलेसियामा स ङ्क्रमितको सङ्ख्या पो रहेछ ।अहिले खाडीका देशको तुलनामा मलेसियामा कोरोना सङ क्रमितको सङ्ख्या धेरै छ ।

यो सङ्ख्याले पनि सातो लगेको छ अहिले त । म मात्र हो र, मेरा साथीहरुको पनि मलेसियामा कोरोना सङ्क्र मितको सङ्ख्या बढेजस्तै मुटुको धड्कन पनि बढेको छ ।अझ मेरो त कम्पनीमा काम पनि चलिरहेको छ । काम नगरौं कम्पनीको ड’र, काम गरौं कोरानोको ड’र । यो अवस्थामा काम गर्नुपर्दा त सङ्क्र मित भइन्छ कि झैं लाग्दोरहेछ । यस्तो कुरा सोचेर परदेशमा आफूले आफूलाई क´मजोर त बनाउन हुँदैन । तर केही भइहाल्यो भने के गर्ने परदेशको ठाउँ भन्ने लाग्छ । मन पोलिरहन्छ । तर संसारभर यसको त्रा’स बढ्दा म यस्तो नसोची पनि कसरी बस्न सक्छु र ।

यस्तो बेला घर पनि कसरी फर्कनु । फर्कने उपाय पनि त छैन । संसार कोरोनासँग लडिरहेको छ । यो बेला परदेशमा हुनेलाई सरकारले गरेको बेवास्ता देख्दा त साह्रै रीस उठ्छ नि । हाम्रै कमाइले देश चलेको छ । यस्तै रहेछ परदेशी जीवन, कमाउँदा हाई हाई, दुः´ख पर्दा कोही न कोही ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *