दूधे छोरी छोडेर कोरोना भाइरस सं*क्रमितको सेवामा लागेकी सच्चा नर्स
अमेरिका । त्रे क्वन अमेरिकाको न्यूयोर्कमा नर्सका रुपमा कार्यरत छिन् । उनी हालै आमा बनेकी हुन् । सुत्केरी बिदा छोट्याएर कोरोना भाइरसबाट सं क्रमित बि’रामीको स्याहारमा खटिएकी छन् ।
अमेरिकामा कोरोना भाइरस म’हामारीको इपिसेन्टरका रुपमा रहेको न्यूयोर्कका अस्पतालहरुमा स्वास्थ्य सामग्रीसँगै स्वास्थ्यकर्मीको अभाव भएको छ । त्यहि कारण क्वन सुत्केरी बिदा टुंग्याएर मानिसहरुको जीवन रक्षाका लागि ‘फ्रन्टलाइन’ मा खटिएकी हुन् । उनले भनेकी छन्, ‘अवस्था अति चि’न्ताजनक छ । सबै अत्ता’लिएका छन् ।
अस्पताल सबैतिर मृ त्यु र रो ग तथा सं क्रमितका चि’त्कार मात्रै छन् ।’उनकी छोरी मात्रै तीन महिनाकी भइन् । नर्स क्वनले भनिन्, ‘मैले चार–पाँच महिना छोरीलाई दूध चुसाएर उनीसँग राम्रो समय बिताउने योजना बनाएकी थिएँ । तर म’हामारी सुरु भयो । घरमा थिएँ, चि’न्तित बनायो । सहकर्मीहरुबारे सोचेँ, अवस्थाबारे धेरै विचारहरु आए ।’
बिदा छोट्याएर छोरीलाई एक्लै छोडेर काममा फर्किने निर्णयबारे सुनाउँदै उनले भनेकी छन्, ‘म घरमा बस्नै सकिन ।’नर्सहरु बि’रामी परेको सुनेको भए पनि कामलाई निरन्तरता दिएको उनले बताएकी छन् । उनी काम गर्ने अस्पतालकै दुई नर्स पनि बि’रामी परेका छन् । अत्यावश्यक स्वास्थ्य सामग्रीको अ’भाव भोगिरहेका छन् ।
उनले भनिन्, ‘पिपिईको अभाव छ । तर हामी हाम्रा बि’रामीका लागि चिन्तित छौँ । आइसियूमा म’र्दै गरेका बि’रामीलाई देख्नु पर्दा निकै दुःख लाग्छ ।’तर नर्सहरु अहिलेको अवस्थामा एन ९५ तथा सर्जिकल मास्कसहितका सुरक्षात्मक सामग्रीको अभावमा समस्यामा परेकाले सबैको साथ र सहयोग चाहिएको उनले बताएकी छन् ।