Butwal Sandesh

Best Nepali Online Newspaper

पोखरामा परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’, काठमाडौं पठाएर परीक्षण गर्दा ‘नेगेटिभ’

Spread the love

पोखरा । पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना सं क्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको बताइएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना सं क्रमण पोजिटिभ देखिएको थियो । तर, ती व्यक्तिको स्वाब थप परीक्षणका काठमाडौं पठाएर परीक्षण गर्दा भने नेगेटिभ आएको बताइएको छ ।

कोरोनाको परीक्षण कम्तीमा तीनपटकसम्म गरिने हुँदा पहिलो परीक्षणमा पोजिटिभ देखिएपछि पोखराले दोस्रो परीक्षणका लागि काठमाडौं पठाएको थियो । दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनको पुनः परीक्षण गर्न लागिएको जनाइएको छ ।

रिपोर्ट पोजिटिभ नआएको दाबी

उता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले भने पोखरामा कुनैपनि व्यक्तिको रिपोर्ट हालसम्म पोजिटिभ नआएको दाबी गरेका छन् । केही सञ्चारमाध्यमले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको हवाला दिँदै कास्कीमा एकजना व्यक्ति कोरोनाबाट संक्रमित भएको जनाएका छन् ।

सामाजिक सञ्जालमा समेत विभिन्न पदमा रहेका व्यक्तिहरुलेसमेत आफ्नो ‘स्टाटस’मा सातौं व्यक्ति कोरोनाबाट संक्रमित भएको लेखेका छन् । पोखरामा दुई दिनअघिदेखि कोरोना परीक्षण सुरु भएको हो । यहाँबाट आएका नतिजाको पुष्टि गर्न हालसम्म चारओटा नमुना काठमाडौं पठाइसकिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज शर्माले जानकारी दिए । – प्रदीप पौडेल (इमेज)

Leave a Reply

Your email address will not be published. Required fields are marked *