Butwal Sandesh

Best Nepali Online Newspaper

काेराेना भाइरस(कोभिड–१९)काे कारण विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे लागि ५ लाख सहयोग गर्दै अभिनेता पल शाहले भनेः ‘म तपाईँहरूको साथमा सधैँ हुनेछु’

Spread the love

काठमाडौँ – अभिनेता पल शाहले चलचित्र चलचित्र प्राविधिकहरूका लागि ५ लाख दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त सहयोग रकम दिने घोषणा गरेका हुन् । पलले सहयोग रकम घोषणा गर्दै भनेका छन् – विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउनका लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गरेको छु ।

साथै पलले आफूले सहयोग गरेको रकम नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) लाई सहजीकरण गरिदिन पनि अनुरोध गरेका छन् । उनले व्यक्तिगत तर्फबाट पहिलो चरणमा भन्दै ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । पलले लेखेका छन् – आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईँहरू सबैको साथमा म सधैँ हुनेछु ।

यस्तो छ पलको भनाइ: “विश्वव्यापी म’हामारीका रूपमा फैलिरहेकाे काेराेना भाइरस(कोभिड–१९)काे प्रभावले आम मानिसकाे जनजिवन प्रभावित भइरहेको छ । नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविदितै नै छ र यसको पीडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनका लागि मैले आर्थिक सहयाेग गर्ने घाेषणा गर्दछु ।

मेराे याे सहयाेग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल (नेफ्टा) ले सहजिकरण गर्ने आशा गरेको छु । मैले व्यक्तिगत तर्फबाट पहिलाे चरणमा नगद रू ५,००,००० ( पाँच लाख ) रूपैयाँ सहयोग गर्ने घाेषणा गर्दछु । आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैकाे साथमा म सधै हुनेछु ।धन्यवाद ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *