Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालमा कोरोना भाइरसद्वारा सं’क्रमित छ जना को को हुन् त ? (पूर्ण विवरणसहित)

Spread the love

काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना भाइरसका सं क्रमितको संख्या छ पुगेको छ । आज अर्का सं क्रमित भेटिएपछि संख्या छ जना पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार छैंठौ सं क्रमित उपत्यका बाहिरका हुन् । उनको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ भेटिएको थियो । उनी बाग्लुङकी महिला हुन् र उपत्यकाबाहिर उपचार गराइरहेकी छिन् ।

नेपालमा कोरोना भाइरसको सं क्रमित तीनजना एउटै विमानबाट फर्केकाहरु हुन् । ४ चैत्रमा कतारबाट काठमाडौं आएको कतार एयरवेजको क्युआर ६५२ मा यात्रा गरेकाहरुमध्ये तीनजना सं क्रमित भेटिइसकेका छन् । नेपालमा दोस्रो, पाचौं र छैठौं सं क्रमित सोही विमानमा चढेका थिए ।

कोरोना भाइरसका पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको सं क्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा सं क्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनी स्वस्थ भइसकेका छन् । नेपालगञ्ज स्थायी घर भएका पहिलो सं क्रमित अहिले स्वस्थ भई सामान्य जीवनयापनमा फर्किइसकेका छन् ।

दोस्रो सं क्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । भियतनामकी आफ्नी रुममेटलाई कोरोना सं क्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन् । उनको परीक्षणमा कोरोना भाइरसको स क्रमण भेटिएको थियो । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रो ग अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तेस्रो व्यक्तिलाई कोरोना भाइरसको सं क्रमण भएको गत बुधबार पुष्टि भएको हो । उनी ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रो ग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा सं क्रमण भेटिएको थियो । चौंथा सं क्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा सं क्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । सं क्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

संक्रमितबारे:

  • पहिलो सं’क्रमितः चीनबाट फर्केका युवकको ९ माघमा सं’क्रमण पत्ता लागेको थियो ।
  • दोस्रो सं’क्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
  • तेस्रो सं’क्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
  • चौंथो सं’क्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
  • पाचौं सं’क्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
  • छैठौं सं’क्रमितः फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *