Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालको छैठो कोरोना सं´क्रमित बागलुङकि महिला बेल्जियममा छोरी भेटेर फर्किएकी थिइन्

Spread the love

बागलुङ । पछिल्लोपटक कोरोनाको सं क्रमण देखिएकी बागलुङकी महिला बेल्जियमबाट स्वदेश फर्किएको खुलेको छ ।

बागलुङ नगरपालिका–३, गौडाकोट निवासी ती महिला बेल्जियममा रहेकी छोरीलाई भेटेर फर्किएकी हुन् ।

यसअघि, कतार एअरवेजको फ्लाइट नम्बर ६५२ मार्फत् नेपाल आएका दुई युवतीमा पनि कोरोना सं क्रमण भेटिएको थियो ।

छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नदेखिएको भन्दै उनको स्वाबको नमुना संकलन गरिएको थिएन ।

बागलुङमा जो खिम बढ्दै गएपछि एकै विमानमा आएका बागलुङका चारैजनाको स्वाब परीक्षणका लागि दबाब बढेपछि नमुना पठाइएको थियो ।

सं क्रमित बागलुङकै अर्की युवती र महिला सवार विमानमा आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको ‘रिपोर्ट’ भने ‘नेगेटिभ’ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *