Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाले बनायो विश्व अर्थतन्त्र चौ´पट: ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी नि´लम्बन गर्दै

Spread the love

काठमाडौं । ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने घोषणा गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी म´हामारीका कारण सबै उडान स्थगित भएपछि एयरवेजले आफ्ना कर्मचारी र चालक दलका सदस्यहरुलाई निलम्बन गर्ने घोषणा गरेको हो ।

एयरवेजले उक्त निर्णय गर्नुअघि युनियनहरुसँग वार्ता गरेको बीबीसीले जनाएको छ । दुवै पक्षबीच सहमति भएपनि सम्झौतामा हस्ताक्षर हुन भने बाँकी रहेको बताइएको छ ।

एयरवेजले आफ्ना ८० प्रतिशतसम्म कर्मचारी कटौती गर्ने बताइएको छ । यो सम्झौताका कारण ग्याटविक र लण्डन सिटी विमानस्थलका कर्मचारीलाई असर पर्ने बताइएको छ ।

कोरोनाको संकट समाधान नभएसम्म एयरवेजले सबै स्थानमा आफ्ना उडान स्थगित गर्ने निर्णय यसअघि नै लागू गरिसकेको छ ।

अवकास पाएका कर्मचारीले बेलायत सरकारले अवलम्बन गरेको कोरोना भाइरस रोजगार अवधारणा योजना मार्फत आफ्नो पारिश्रमिक पाउने समाचारमा जनाइएको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *