Butwal Sandesh

Best Nepali Online Newspaper

अष्ट्रेलियामा ९० दिनको लकडाउनको घोषणा, नियम तोडे एक हजार डलर ज´रिवाना

Spread the love

अष्ट्रेलियामा कोरोना सं क्रमितको संख्या ५ हजार नाघेको छ । यहाँ २३ जनाको मृ ’त्यु भइसकेको छ । न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ । साथै पु लिसले लकडाउनको नियम तोड्नेमाथि ज रिवाना पनि तोकिदिएको छ । नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्नेछ । त्यस्तै कोरोना भाइरसको सं क्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाले ज्या न गुमाएका छन् भने ४ हजार ७ सय बढी नयाँ सं क्रमित फेला परेका छन् । पछिल्लो तथ्यांकसँगै इटालीमा ज्या न गुमाउनेको संख्या १३ हजार १ सय ५५ पुगेको छ । त्यस्तै एकै दिन ४ हजार ७ सय ७८ जनामा सं क्रमण देखिएसँगै इटालीमा सं क्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको हो ।

सं क्रमितमध्ये १६ हजार ८ सय ४७ जना उपचारपछि निको भएका छन् । ४ हजार ३५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार ५ सय ७२ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण सं क्रमितको संख्या विश्वमा ९ लाख ३४ हजार ८ सय २५ पुगेको छ । एकै दिन ७६ हजार ४ सय ७० जनामा सं क्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ७ सय १९ जनाले ज्या न गुमाएसँगै मृ त्यु हुनेको संख्या ४१ हजार १ सय ८९ पुगेको छ । सं क्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जना उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *