Butwal Sandesh

Best Nepali Online Newspaper

नेपाल भारत सीमामा अ´लपत्र परेका नेपालीको उ’द्धार गर्न आग्रह

Spread the love

नेपाली काँग्रेसको तरुण विभागले सीमामा अ लपत्र परेका नेपालीको उ’द्धार गर्न सरकारलाई आग्रह गरेको छ । विभाग प्रमुख शङ्कर भण्डारीले हिजो एक विज्ञप्ती जारी गरी विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभएको हो ।

“नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ४५ मा देश नि’काला वि’रुद्धको हक सुनिश्चित गरेको हुँदा सरकारले सबै नागरिकलाई समान व्यवहार गर्दै सीमामा अ लपत्र परेका नेपालीको उ’द्धारमा जुट्न आग्रह गर्दछु”, विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा १६ मा प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने हक र धारा ५२ ले राज्यले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व तोकेको भन्दै उहाँले संविधानबाट प्रत्याभूत अधिकारलाई कु’ण्ठित गर्ने गरी नागरिकलाई देश पस्न नदिनु, अ’वरोध खडा गर्नु अत्यन्त दुः´खद् विषय भएको उल्लेख गर्नुभएको छ ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका भण्डारीले विश्वका अन्य देशले आफ्ना नागरिक खोजीखोजी हवाई जहाजमार्फत स्वदेश फर्काउँदासमेत नेपाल सरकारले सीमामा अ लपत्र रहेका नेपालीको उ’द्धार नगर्नु गैर दुः´खद भएको विज्ञप्तिमा भन्नुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *