Butwal Sandesh

Best Nepali Online Newspaper

बलिउड गायिका कनिकाको पाँचौ पटकको कोरोना रिपोर्ट पनि पोजेटिभ

Spread the love

बलिउड पाश्र्व गायिक कनिका कपुर यतिबेला कोरोनासँग ल´डिरहेकी छिन् । कोरोना सं क्रमण भएसँगै उनको लखनउको एक अस्पतालमा उपचार भैरहेको छ ।

लखनउमा रहँदा नै कोरोना सं क्रमित बनेकी कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ नै देखिएको डाक्टरले भारतीय मिडियासँग बताएका छन् ।

डाक्टरले हरेक ४८ घन्टामा एक पटक कोरोना सं क्रमितको रिपोर्ट परिक्षण गर्ने गर्छन् । कुनै पनि सं क्रमितको रिपोर्टमा लगातार २ पटकसम्म नेगेटीभ देखिएमा उसलाई सन्चो हुन्छ । तर, कनिकाको भने पाँचौ पटक पनि रिपोर्ट पोजेटिभ नै आएको छ ।

तर, सामाजिक संजालमा चर्चा भए जस्तै उनको स्वास्थ्य अवस्थालाई लिएर आत्तिनु पर्ने कुनै कारण नभएको डाक्टरले बताएका छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उनले खानेकुरा पनि खाइरहेको चिकित्सकले भारतीय मिडियासँग बताएका छन् ।

कनिकाले केही दिन अगाडि मात्र इन्स्टाग्राममा आफूले परिवारलाई निकै नै मिस गरेको र चाडै नै घर जान चाहेको उल्लेख गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *