Butwal Sandesh

Best Nepali Online Newspaper

युएईमा कार्यरत नेपाली भन्छन – कोरोनाले रोजगारी त गुम्यो गुम्यो, परदेशमा ज्या न चाहिँ गु´माउन नपरोस्

Spread the love

यूएई – संसारभर फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या यूएईमा पनि बढ्दो छ । यूएईमा ८ जना नेपाली स ङ्क्रमित भइसकेका छन् । आठमध्ये दुई जना त निको पनि भए । कोरोना स ङ्क्रमितको सङ्ख्यासँगै जो खिम पनि बढेको छ । यही अप्ठेरो परिस्थितीमा कतिपयको त जागिर पनि गुमेको छ । कोरोनाकै कारण कम्पनी बन्दा हुँदा रोजगारी गुमाउने स्याङ्जाका बिष्णु गैरेको कथा उहाँकै शब्दमा ।
***
मेरो घर स्याङ्जा गल्याङ नगरपालिकामा पर्छ । अहिले यूएईको सुन्दर सहर दुबईमा छु । ६ वर्ष भयो यो सरहमा म मेरा रहर पूरा गर्न संघर्ष गरिरहेको छु । यो सहर त्यतिबेलासम्म सुन्दर थियो, जतिबेलासम्म काम थियो । तर अहिले त कोरोनाका कारण काम गुम्यो । मन दुःखी छ । यो सुन्दर सहर पनि दुः´खी र उरा ठलाग्दो लाग्दैछ ।

आजभन्दा ६ वर्ष पहिले यूएई नै बस्ने गाउँकै एकजना दाइले त्योबेला मलाई यूएई आउनका लागि भिसा पठाइदिनुभएको थियो । गाउँमा छँदा परदेश निकै चासोको विषय थियो । दुबई कस्तो होला, त्यहाँ बस्ने मानिस कस्ता होलान्, सहर कस्तो होला, बजार कस्तो होला, यस्तै अनगिन्ती जिज्ञासा थिए मनमा । सोचेभन्दा, कल्पनाभन्दा यो दुबई सहरमा मलाई घुलमिल हुन धेरै समय लागेन । यहींको चालचलन र रहनसहन बुझेपछि त बसाई पनि सजिलो हुँदै गयो ।

मैले नेपालबाट आएदेखि २ वटा कम्पनी परिवर्तन गरें । तर जीवन भने परिवर्तन हुन सकेन । एउटा कम्पनीमा तीन वर्षजस्तो काम गरें । तर अचानक कम्पनी बन्द भयो । कम्पनी बन्द भयो । तर जुन सपना देखेर म यूएई आएको थिएँ, त्यो पूरा भएको थिएन । त्यसैले घर फर्किनँ । तीन महिनाको भिजिट भिसा लिएर यही नयाँ काम खोज्न थालें ।

संयोगले मेरो भेट यूएईका एक नागरिकसँग भयो । उ युएईको लिगल काउन्सेलर पनि रहेछ । म पहिले काम गर्ने कम्पनीमा आउने ग्राहक सबै अरबी नागरिक हुने भएकोले मैले लगभग अरबी भाषामा कुरा गर्न सक्ने भएको थिए । उसले ल फर्म पनि चलाउने रहेछ । त्यही भाषाको सीपले मैले उसको असिसमा काम पाएँ । मेरो काम अफिस असिस्टेन्टको थियो । त्यहि काम गर्दागर्दै मैले यहाँको ड्राइभिङ लाईसेन्स पनि निकाल्न सफल भएँ ।

काम ठिकै चल्दै थियो । काम गरेको ठ्याक्कै ३ तीन वर्ष लाग्दै थियो । तर अचानक मेरो साहुले अफिस बन्द गर्न लागेको कुरा सुनाए । साहुको कुरा सुनेर म त छाँगाबाट खसेजस्तै भएँ । मलाई सुरुमा काम गरेको कम्पनी बन्द भएर काम छाड्नु पर्दा त्यति दुःख लागेको थिएन । किनभने त्यहाँ हुक्काबाट निस्कने धुवाँले स्वास्थ्यमा नै असर गर्छ भन्ने थियो मनमा । तर पछिल्लो पटकको काममा मेरो मन बसेको थियो । यो अफिस बन्द हुँदा रोजगारी गुम्यो । दुः´ख त लाग्छ नै, तर पनि कताकता सम्झँदा मन दुखेको छ । यही ३१ मार्चदेखि म त्यो अफिसबाट औपचारिक रुपमा बिदा भएँ ।

अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको म हामारीले गर्दा संसार नै असहज परिस्थितीबाट गुज्रिरहेको छ । यसको असरले यूएईमा पनि कतिपय कम्पनीहरु बन्द हुन थालेका छन् । यो अप्ठेरो अवस्थामा गर्दै गरेको काम पनि गुमानु पर्दा दुःखी त छु नै, सँगै ड र पनि छ । अब यो अवस्थाको अन्त्य नहुँदासम्म काम पनि पाइने छैन ।

जागिर हुँदासम्म त कुनै समस्या थिएन । अब गरिरहेको जागिर नै नभए पछि समस्याहरु त थपिने नै भए । घरपरिवार पनि हेर्नुपर्ने छ । यहाँ काम नहुँदासम्म बस्न खानको लागि पनि समस्या हुन्छ । काम बिहीन भएर बस्नुपर्दा गाउँघरमा त गुजारा चलाउन समस्या हुन्छ भने परदेशमा झन् ठूलो समस्या छ । अब अर्को काम नपाउँदासम्म साथीको साथ र सहयोगमा नै आश्रित हुनुपर्ने बाध्यता छ ।

केही मनकारी साथी पनि छन् । अब उनीहरुकै साथ र सहयोगले यो अप्ठेरो परिस्थितीको सामना गर्नेछु । कामना गर्छु यो अप्ठेरो परिस्थितीबाट संसारले छिट्टै मुक्ति पाउनेछ । र मैले पनि जागिर पाउनेछु । – उज्यालोबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *