Butwal Sandesh

Best Nepali Online Newspaper

विश्व प्रख्यात वैज्ञानिकको कोरोना सं क्रमणबाट मृ त्यु

Spread the love

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को सं क्रमणले विश्वमा विभिन्न चर्चित व्यक्तिहरुको पनि मृ त्यु भएको खबर आइरहेको छ । यसै बीच विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको मृ त्यु पनि भएको छ । रामजीको मृ त्यु मंगल भएको बीबीसीमा खबर छ ।

उनले दक्षिण अफ्रिकामा एचआईभी सं क्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन् । रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । त्यहाँबाट नै उनलाई कोभिड-१९ को संक्रमण भएको थियो ।

त्यसैगरि, कोरोनाभाइरस म हामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृ त्यु इटाली र स्पेनमा भएको उल्लेख छ ।

कोविड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०१ जना सं क्रमित भएका र ३० हजार ६३ जनाको मृ त्यु भएको देखिएको छ । इटालीमा मात्र १२ हजार ४२८ जनाको ज्यान गएको छ । दोस्रो स्थानमा रहेको स्पेनमा ८ हजार १८९ जना र फ्रान्समा ३ हजार ५२३ जनाको मृ त्यु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको गणनामा संयुक्तराज्य अमेरिकामा ४ हजार ७६ जनाको मृत्यु भइसकेको विवरण सार्वजनिक भएलगत्तै युरोपको विवरण बाहिर आएको हो । रासस–एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *