Butwal Sandesh

Best Nepali Online Newspaper

को´रोनाबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको मृ त्यु

Spread the love

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सं क्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्या न गएको छ ।

बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्या न गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्या न गएको छ ।

चीन र युरोपपछि कोरोनाको इपिसेन्टर बनेको चीनमा सं क्रमितको संख्या पनि बढ्दो क्रममा छ । जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकाको कुल कोरोना संक्रमित संख्या १ लाख ८१ हजार पुगेको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको ज्या न गएको छ । झण्डै ८ लाख ५० हजार मानिसमा यसको लक्षण देखापरेको छ । कोरोना प्र कोप बढेपछि अहिले विश्वका सबैजसो देशले सतर्कता अपनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *