Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालगञ्ज विमानस्थलमा निगमको वाई १२ जहाज धावनमार्गबाट चिप्लिएर झाडीमा पुग्यो

Spread the love

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दु र्घटना भएको छ ।

कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन गएको निगमको चार्टर्ड उडानको जहाज धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको हो । जहाजमा सवार सबै व्यक्ति सकुशल रहेको र जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानतर्फ पुगेको निगमका प्रवक्ता अर्चना खड्काले राससलाई जानकारी दिनुभयो ।

उहाँले चिकित्सकसहितको नमूना सामग्री लिन निगमको अर्को जहाज नेपालगञ्ज पठाइने बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *