Butwal Sandesh

Best Nepali Online Newspaper

यूएईमा फेरि थप दुई नेपालीमा कोरोना सं क्रमण भेटियो

Spread the love

युएई – संयुक्त अरब इमिरेट्स (यूएई) मा फेरि दुई जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार ७२ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको हो । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ नेपाली सहित ७२ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको यहाँका स्थानीय संचारमाध्यम गल्फन्युज ( https://gulfnews.com/uae) ले लेखेको छ।

मन्त्रालयका अनुसार ईमाराती सहित, श्रीलंका ,जोर्डन, प्यालेष्टाइन ,इरान ,कोमोरोस ,चीन ,साउदी अरब , काजकिस्तान , सर्बीया ,ग्रीस ,उरुग्ये ,रोमानिया स्विेडन ,दक्षिण अफ्रिका ,इराक ,यमन ,इथोपिया ,,बेलायत ,पाकिस्तान, लेबनान, भारत र बंगलादेशका नागरिक गरि ७२ जनामा सं क्रमणको पुष्टि भएको छ ।

संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ । यूएईमा हालसम्म ४ सय ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार शुक्रबार एक पाकिस्तानी र दुई जना बंगलादेशी नागरिक सहित ३ जना उपचारपछि निको भएका छन् । यो सँगै यूएईमा उपचार पछि निको हुनेको संख्या ५५ पुगेको छ । त्यसरी निको हुनेमा यस्अघि दुई जना नेपाली पनि थिए ।

यसैबीच यूएईमा तीन दिनका लागि लकडाउनको घोषणा गरिएको छ । यूएई सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरसफाई तथा निर्मलीकरण अभियानका लागि लकडाउन गरेको जनाएको छ । दिनभर भिडभाड हुने सार्वजनिक स्थल , बजार, तथा औधोगिक क्षेत्र बन्द गरिए पनि अत्यावश्यक सेवा भने नियमित सन्चालन हुँदै आएको छ । बिहीवार देखी आइतबार सम्म रातको ८ बजे देखी बिहान ६ बजे सम्म पूर्ण रुपमा युएई लकडाउन गरिएको छ ।

सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,बैकका कर्मचारी, विमानस्थल कर्मचारी तथा तोकिएका क्षेत्रका व्यक्ति बाहेकका मानिस अनावश्यक घर बाहिर निस्किए जरिबाना सहित जेल चलान गरिने व्यवस्था भएकोले यूएईमा एकान्तवास पूर्ण रुपमा पालना गरिएको छ ।कोरोना सङ्क्रमणको प्रभाव यूएईमा कार्यरत अरु नेपाली श्रमिकमासमेत पर्न थालेको छ । कतिपय कम्पनीले वार्षिक बिदा लिएका श्रमिकको तालिकामा परिवर्तन गरेका छन् भने कतिपयले बेतलबी बिदामा बस्न आग्रह गरेका छन् । यहाँका स्थानीय सपिङ सेन्टर, मल तथा बजार क्षेत्र बन्द छन् । तर बजारमा खाद्य सामाग्री भने नियमित पाइएको छ ।

यहाँ रहेका नेपाली कामदारको अवस्था, सतर्कता अपनाउन गरिएका पहल लगायतका विषयमा दूतावासले दैनिक रुपमा परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा अध्यागमन विभागलाई ब्रिफिङ गरिरहेको दूतावासले जनाएको छ ।

दुतावासले प्राय हरेक दिन कोरोना बारे बुलेटिन स्वरुप सूचना जारी गर्दै यहाँ कार्यरत नेपालीलाई सतर्कता अपनाउन तर नआत्तिन अनुरोध गर्दै आइहेको छ । कुनै समस्या परे दूतावासमा सिधै संपर्क गर्न भन्दै दुतावासले आफ्ना सबै कुटनीतिक कर्मचारीका नम्बरहरु समेत सार्वजनिक गरेको छ । यूएईमा कोरोना संक्रमित सबै देशका नागरिकलाई यूएईले आफ्नै नागरिक सरह उपचार गर्ने गरेको निको भएर आफ्नो दैनिकीमा फर्किएकाहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *