Butwal Sandesh

Best Nepali Online Newspaper

हस्पिटलको ड्रेसमा सजिएकी आमालाई छोरीको हृ’दयबि’दारक प्रश्न

Spread the love

तारा पौडेल,

लन्डन : हाम्रो स्कुल बन्द, बाबाको अफिस बन्द, सार्बजनिक स्थलहरुमा भेटघाट बन्द, पसलहरु बन्द, तर मम्मी हजुर डिउटिमा किन जानू पर्ने? त्यो पनि त्यस्तो ठाउमा जहा कोरोना भाइरस जस्तो माहामारीले भरिएको। हजुरलाई सर्यो र ज्यान गयो भने हामी के गर्ने?

हस्पिटलको ड्रेसमा सजिएकी आमालाइ एक छोरीको प्रस्न? मम्मि हजुरलाइ कोरोना भनेको के हो थाहा छ? ‘हजुरलाइ थाहा छ यो कसरी सर्छ? र अहिले यस्ले ससारमा कस्तो तहल्का मच्चाइ रहेको छ?’

एकोहोरो छोरिको मुखमा हेरें । आखामा आँसु लुकाएर मन्द मुस्कान छर्नु बाहेक केही थिएन उनका लागी मेरो उत्तर ।

रातिको डिउटी थियो त्यो पनि १२ घन्टाको। जानू अघी फेसबूक खोलेर हेरें सबैजसो फ्रेन्डहरु प्रोफाएलमा लेखिएका लेख र भिडियोहरु हेरे विषय थियो कोरोना भाइरसको। मन कता कता अमिलिएको जस्तो भयो। इन्बक्स, भाइबर र ईन्स्टाग्रामका आएका म्यासेजहरुमा लेखिएका थिए “स्टे होम सेफ्ली”। घरबाट आमा बुवाको फोन आयो सोध्नु भयो, के के जाती आएको छ अरे नि तिमिहरुको तिर कस्तो छ। तेरो त फेरि हस्पिटलको काम, अलिक दिनलाइ छुट्टिलिएर बस्न मिल्दैन? म अक्कन बक्क भए र केही भन्न सकिन।

मलाइ कताकता डर पनि लाग्यो, सम्झेर ल्याय घर परिवार त्यस माथी श्रीमान र छोरिहरु , यस्तो माहामारी भएको छ, म नै भैइन भने के गर्लान कसो गर्लान मनमनै सोच्दै थिए तर के गर्ने डिउटी त जानै पर्यो। हस्पिटलमा साथिभाइ सबै अनुहारमा त्रासको भाब थियो। फेरि भिन्न भिन्न मान्छेहरुका आ-आफ्नै कुरा गर्ने शैली, झन धेरै डर र त्रास।

समाचार हेरेकी छु, सामाजिक सन्जालमा पडेकी छु। तर पनि पेसा छोड्न सक्दिन यो आपतकालीन घडिमा सरकारलाइ र सेवाग्राहीलाई धोका दिन सक्दिन। सास छइन्जेल आस भने झै मैले गर्नु पर्छ मैले नगरे कस्ले गर्ने भन्ने लाग्यो। फेरि आफ्नै अर्को पाटो पनि त छ, घर परिवार, छोराछोरी , घरको मोर्गेज, बिजुलीपानी,घर खर्च सबै जिम्मेवारीहरु।

सात समुन्द्र पारी बिरानो ठाउमा आफ्ना भन्ने कोहि छैनन किन धेरै जिम्मेवारी लिनु जस्तो लाग्थ्यो तर जन्म देखि मृत्यु अगाडि एक नाता रहेछ, मानवताको नाता।
यो मानवताको नाताले सबैलाई आफ्नो देख्न थालेको छु मानव नै नभए कस्को सेवा गर्ने कस्ले सेवा गर्ने । र कठै मैले नगरे कस्ले गर्ने। मानब बचाउ र मानव सेवा मैले मेरो आफ्नो कर्तव्य र धर्म ठानेको छु। कामको थकाइ, रोग सर्ने डर त्रास जे भए पनि सेवा गर्न पाउदा गर्व मानेको छु।

घर परिवार, साथीभाइ सबै अनलाइनबाट नै हाल खबर बुझ्ने गर्छन ,डर त्रास र भयको कुरा गर्छन कस्का कुरा सुनु, सरकार जस्तोसुकै हालतमा पनि डिउटी गर भन्छ। छोराछोरी र घरपरिवार घरमा नै बस भन्छन, तर मेरो मनले भन्छ ससारमा सबै भन्दा ठुलो सेवा भनेकै मानव सेवा हो, मानव नै नरहे यो ससारको के महत्त्व त्यसैले छोरी मलाइ मेरो डिउटी गर्न देउ, सेवा गर्न देउलाइ सन्क्रमितहरुलाई मृत्युुको मुखबाट फुत्काउन देउ ।

मलाई केही हुँदैन । मलाइ केही हुँदैन । जय बाबा पशुपतिनाथले हाम्रो पुकार सुन्नेछन्।

लन्डन, बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *