Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइरस सम्पूर्ण मानवजातिका लागि ख´तरा भएको राष्ट्र सङ्घको चे´तावनी, संयुक्त लडाइँका लागि अपिल

Spread the love

काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानवजातिका लागि ख´तरा भएको चे´तावनी दिएका छन् ।

अहिले जुन रुपमा भाइरस फैलिएको छ, यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएको भन्दै महासचिव गुटेरसले कोरोनाविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताए ।

यो म´हामारीलाई विकसित देशहरुले नियन्त्रण गर्न सक्ने भए पनि विकासोन्मुख देशहरूमा डढेलो झैँ फैलन गइ दशौँ लाख मानिसको ज्या न जान सक्ने गुटेरसले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

तीव्र गतिमा फैलिने शक्ति भएको कोरोनाविरुद्ध देशहरुको एक्ला एक्लै लडाइँ पर्याप्त नहुने भन्दै गुटेरसले सबै देशहरुले संयुक्त लडाइँ सुरु गर्नुपर्नमा जोड दिए ।

एक्लै लड्दा भाइरसले स्वरूप बदल्ने अवसर पाउने र यदि स्वरुप बदलियो भने बनाइँदै गरेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आ´क्रमण गर्ने भन्दै उनले संयुक्त लडाइँबाट कोरोना भाइरसलाई जित्नुपर्ने बताए ।

संयुक्त राष्ट्र सङ्घले आधारभूत स्वास्थ्य सेवा समेत नभएका जो´खिमपूर्ण देशहरूलाई मद्दत गर्न दुई अर्ब डलर कोषको घोषणा पनि गरेको छ । कोरोनाविरुद्धका लडाइँमा विश्वका शक्तिशाली देशहरुको फरक मत सार्वजनिक हुन थालेपछि गुटेरसले संयुक्त लडाइँको लागि अपिल गरेका हुन् ।

महासचिव गुटेरसले यसअघि कोरोना भाइरसको समस्या चुनौतीपूर्ण रहेको भन्दै विश्वभरि चलिरहेका सशसस्त्र युद्ध तत्काल रोक्न आह्वान गरेका थिए । – उज्यालो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *