चैत ४ गते फ्रान्सबाट आएका दुई जना कलैया अस्पताल र ५ जना भरतपुर अस्पतालमा
Spread the love
कोरोना सं’क्रमित युवतीसँगै फ्रान्सबाट चैत ४ गते नेपाल आएका थप दुई जनालाई जिल्ला अस्पताल कलैयामा लगिएको छ ।
उनीहरुसँगै आएकी युवतीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि प्रहरीले सो जहाजबाट आउनेको खोजीकार्य गर्ने क्रममा पत्ता लगाई अस्पताल लागिएको हो ।
उनीहरुलाई क्वारेन्टाइनमा राखेर नमुना परीक्षणका लागि प्रक्रिया अगाडि बढाइने बारा प्रहरी प्रमुख कृष्ण पंगेनीले जानकारी दिए ।
यसैगरी ती युवतीसँगै जहाजमा आएका पाँच जनालाई चितवनस्थित भरतपुर कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वाब परीक्षणका लागि नमुना काठमाडौं पठाइँदैछ ।