Butwal Sandesh

Best Nepali Online Newspaper

महावीर पुनले कोरोनाको उपचार गर्ने डाक्टरका लागि पोसाक बनाउने

Spread the love

काठमाण्डौ – राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कोरोनाको जाँच र उपचार गर्दा डाक्टरले लगाउनुपर्ने सुरक्षाका सामान अर्थात पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) बनाउने घोषणा गर्नुभएको छ ।

त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई बनाउन अनुरोध गरेपछि तत्काललाई ४ सय थान पीपीई बनाउने सामान उपलब्ध भएको र अब त्यसलाई सिलाउने व्यक्ति खोजेर सिलाइने पुनले जानकारी दिनुभयो ।

यो काममा सहयोग गर्न चाहनेलाई तुरुन्त सम्पर्क गर्न पनि पुनले आग्रह गर्नुभएको छ । कोरोनाको जाँच र उपचारमा डाक्टरले लगाउने पीपीईको अभाव रहेको समाचार सार्वजनिक भएपछि पीपीई बनाउन अग्रसर भएको उहाँको भनाइ छ ।

ललितपुरको सुनाकोठीमा रहेको सिभिल होम्सले कोरोना रोकथामको लागि र्यापिड रेस्पोन्स टीम गठन गरेको छ । आवास क्षेत्रमा कोरोना स ङ्क्रमण फैलिन नदिन पूर्व सावधानी र सचेतना अपनाउने निर्णयसहित टीम गठन भएको हो ।

आवास क्षेत्रका बासिन्दाको भेलाले आवासमा प्रवेश गर्दा ज्वरो नाप्ने, हात धुने, घरमा पाहुना नबोलाउने, र पाहुना लाग्न नजाने, जीम, जुम्वा तथा पौडी पोखरी बन्द गर्ने निर्णय गरेको छ । यो निर्णय आज सोमबारदेखि कार्यान्वयन गर्न डा.गोविन्द गौतमको संयोजकत्वमा र्यापिड रेस्पोन्स टीम गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *