Butwal Sandesh

Best Nepali Online Newspaper

काठमाडौंमा मास्क उत्पादन शुरु, दैनिक ५० हजार मास्क उत्पादन

Spread the love

काठमाडौं । निजी क्षेत्रको अगुवाईमा काठमाडौंमा ठूलो क्षमतामा मास्क उत्पादन सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी दीपक मल्होत्रासहितका व्यवसायीको लगानीमा खोलिएको नयाँ मास्क उद्योगले दैनिक ५० देखि ७० हजार गोटा मास्क उत्पादन गर्न सुरु गरेको हो ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार नाकामा मेसिन र उपकरणहरु अडि्कँदा निर्धारित समयभन्दा ३ दिन ढिला गरेर सोमबारबाट मास्क उत्पादन सुरु भएको हो ।

‘भोलि हामी सरकारलाई ५० हजार मास्क उपलब्ध गराउँदैछौं,’ श्रेष्ठले भने,’त्यसपछि क्रमैसँग राजधानी र राजधानी बाहिरका पसहलरुमा मास्क बिक्री सुरु गर्नेछौं ।’

उनले निजी क्षेत्रले समाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर संकटको समयमा मास्क उत्पादन सुरु गरेको बताए ।

नेपालमा अहिले मास्कको चरम अभाव छ । यसका कारण कालोजारी पनि मौलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *