Butwal Sandesh

Best Nepali Online Newspaper

आफैँले गाडी चलाएर टेकु पुगेकी थिइन् कोरोना सं क्रमित युवती

Spread the love

काठमाडौं । फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी एक नेपाली युवतीमा कोरोना सं क्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको जीवाणु देखिएको पुष्टी गरेको हो।उनी दोहामा चार घन्टा ट्रान्जिट हुँदै काठमाडौँ आएकी थिइन्।

त्रिभुवन विमानस्थलमा सामान्य ज्वरो नापेर उनलाई छाडिएको थियो। उनी घरमै क्वारेन्टाइनमा बसेकी थिइन्। स्वास्थ्य मन्त्रालयका अनुसार उनको परिवारका सदस्य स्वास्थ्य क्षेत्रमा आवद्ध भएका कारण घरमा पूर्ण रुपमा क्वारेन्टाइनमा राखिएको थियो।

फ्रान्सबाट आउँदा जहाजमा उनीसँगै भियतनामी साथी पनि थिइन्। उनीहरु आ-आफ्नो देश लागेका थिए। भियतनाम पुगेपछि उनको साथीलाई क्वारेन्टाइनमा राखियो। स्वास्थ्य जाँच गर्दा उनमा कोरोना सं क्रमण देखियो।

त्यसलगत्तै उनले नेपालमा रहेकी साथीलाई एसएमएसमार्फत जानकारी गराएकी थिइन्। चिकित्सकहरुका अनुसार नेपाली युवती आफैँ गाडी चलाएर स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रो ग अस्पताल पुगेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *