कोरोना भाइरसबाट जोगिएका देश अब दुई वटा मात्र

काठमाडौं । विश्वव्यापी म´हामारीको रुप लिएको कोरोना (कोभि–१९) भाइरसको सं क्रमण विश्वका सबजसो देशमा पुगिसकेको छ ।छन् ।

कोरोना भाइरसको सं क्रमणबाट अहिलेसम्म जोगिएको देशको संख्या अब दुई वटा मात्र बाँकी रहेको छ । संयुक्त राष्टसंघमा सूचीकृत १९५ देशमध्ये आज (सोमबार) विहानसम्म १९३ देशमा कोरोनाको सं क्रमण देखिएको छ । संयुक्त राष्ट्रसंघमा सूचीकृत १९५ देशसहित विश्वमा २३० देशहरु रहेका छन् ।

हालसम्म कोरोना भाइरस नदेखिएको देश उत्तर काेरिया, तुर्कमेनीस्तान बनेका छन् । तर यी देश पनि उच्च जो´खिममा छन् । कोरोनाको सं क्रमणका कारण विश्वभर ज्या न गुमाउनेको संख्या १४ हजार ६५४ पुगेको छ । १९३ देश र एउटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक हजार ५९९ जनाको ज्या न गएसँगै ज्या न गुमाउनेको संख्या १४ हजार ६५४ पुगेको हो ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ९३ जनाले ज्या न गुमाएका छन् । त्यहाँ ज्या न गुमाउनेको संख्या पाँच हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना सं क्रमित छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११३ जनाले ज्या न गुमाएका छन् । त्यहाँ ज्या न गुमाउनेको संख्या ४१५ पुगेको छ । अमेरिकामा सं क्रमित हुनेमध्ये दुई जना नेपाली पनि छन् । संसारभर अहिलेसम्म तीन लाख ३७ हजार ५५६ जना सं क्रमित भएकामा ९८ हजार ८५४ जना उपचारपछि निको भएका छन् ।

कोरोनाको सं क्रमण बढ्दै गएपछि जर्मनीले दुई जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ । चान्स्लर एन्जेला मर्केलले सङ्क्रमणको दरलाई सुस्त बनाउन मानिसको व्यवहार नै सबैभन्दा प्रभावकारी उपाय भएकोले व्यक्तिबीचको दूरी कायम गर्न सबैलाई आग्रह गर्दै दुई जना भन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटरलगायत अत्यावश्यक स्वास्थ्य सामाग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइएको छ । न्यूयोर्कका मेयर बिल डि ब्लासियोले आफूहरु ठूलो अभावको १० दिन मात्रै नजिक रहेको भन्दै तत्काल व्यवस्था नभए मानिसहरु सेवा नपाएर ज्यान गुमाउने अवस्था आउने बताएको बीबीसीले जनाएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्ट्रेलियाले सिनेमाघर, पूजास्थललगायत बन्द गराएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले व्यक्तिगत दूरी कायम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *