भारतबाट नेपाल छिरेका दुई सय नेपाली क्वारेन्टाइनको पर्खाल भत्काएर भागे
भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेको दुई सय बढी पर्खाल भत्काएर भागेका छन् । नेपालगन्जको महेन्द्र बहूमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनीहरू दिउँसोको समयमा पर्खाल भत्काएर तथा नाघेर भागेका हुन । स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा राखिएका उनीहरू पश्चिमतर्फको पर्खाल भत्काएर भागेका हुन । अहिले पर्खाल नाघेर जान नसक्ने बृद्धबृद्धामात्रै क्वारेन्टाइनमा छन् ।
जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। क्वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०-३५ जनालाई राखिएको भन्दै उनीहरुले।आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्नुपर्ने भनेर आन्दोलन गरेका थिए। उनीहरुमध्ये केही हिजैदेखि केही नखाएका पनि थिए।
क्वारेन्टाइनको अवधिसकिएपछि सवारी साधनको व्यवस्था गर्ने र घरमै पु-याउने तयारी स्थानीय प्रशासनको थियो । तर यसको अवज्ञा गदै पर्खाल भत्काएर भागेपछि अहिले सिमानाकामा आवतजावत गर्न बन्द गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताएका छन् । भारतमा संक्रमण फैलिएका बेला नेपाल आएका मानिसहरु क्वारेन्टाईनको पर्खाल समेत भत्काएर भागेपछि यसले नेपालमा समेत कोरोना भाईरसको सं क्रमण फैलन सक्ने भन्दै स्थानीयमा त्रास पैदा गरेको छ ।