लन्डनमा नेपाली महिला कोरोना भाइरससँग लड्दै – भन्छिन् , ‘अत्यन्तै पी´डा भइरहेको छ’
काठमाडौं । बेलायतको लण्डनमा बस्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोनाभाइरस सं क्रमण भएको पुष्टि गरेकी छन् ।
कोभिड–१९ पोजिटिभ देखिएपछि सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी हुन् ।
सामाजिक संजालमा आफ्नो फोटो र स्टाटस पोस्ट गर्दै उनले सबैलाई सचेत बन्न पनि आग्रह गरेकी छिन् ।
उनले यो सं क्रमण अत्यन्तै पी´डादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पी´डा भइरहेको बताएकी छिन् ।
उनले अरु सबै सचेत बनुन् र यो पी´डा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको बताएकी छिन् ।
लमजुङ तारकुघाटकी रानाभाटले लेखेकी छिन् ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै । यो म´हामारी कति पी´डादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाटै छैन। फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भ´यावह बनाउला भन्ने लाग्यो तर सोचेँ सबैले सावधानी अपनाउन सक्नुहुने छ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध ।’
शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन् । उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको बताइएको छ ।
पारिवारिक श्रोतका अनुसार, गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरोले सताएको थियो ।