Butwal Sandesh

Best Nepali Online Newspaper

आकाशमा उडिरहेको विमानको इन्जिन फेल भएपछि रामेछापमा आकस्मिक अवतरण

Spread the love

काठमाडौं । नेपाली आकाशमा आज ठुलो दुर्घटना टरेको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयर नाइन एन एएमजी कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । आइतबार बिहान ९ बजेतिर जहाजको एउटा इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।

विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन । नेपाल नागरिक उडड्यन कार्यालयका सुचना अधिकारी त्रिलोचन पौडेलका अनुसार जहाजका एउटा इन्जिन फेल भएपछि समिट एयरको सो जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो ।

तारा यएरको नाइन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसी समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो ।‘समस्यामा परेको विमानले हामीलाई खवर गरेको थिएन, आकाशमै तारा एयरको विमानसँग कुरा भएछ’ ‘त्यसपछि तत्काल २ मिनेट भित्र अग्नि नियन्त्रण र सुरक्षाको प्रबन्ध मिलाउँदै विमानस्थल खाली गराएको नेपाल नागरिक उडड्यन कार्यालयका सुचना अधिकारी त्रिलोचन पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *