Butwal Sandesh

Best Nepali Online Newspaper

नाकमा सिगान र घाँ´टी खसखस गर्दैमा कोरोना हुदैन – डा.शेरबहादुर पुन

Spread the love

काठमाडौँ । चिकित्सकहरुले आम मानिसले कोरोनाको सं क्रमणप्रति अनावस्यक मनोवैज्ञानिक त्रास पाल्ने गरेकाले समाजमा नराम्रो प्रभाव पार्ने गरेको बताएका छन । मनोवैज्ञानिक रुपमा सामान्य रुघा खोकी लाग्दैमा आफुलाई कोरोना सं क्रमण भयो भन्ने आसं का गर्ने र त्यसले परिवारमा समेत असरपार्ने उनिहरुको भनाई छ ।

कोरोनाको उपचार र सं क्रमणका विषयमा नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनले अहिले सम्म उपचारमा आएका धेरै जसोमा मनोवैज्ञानिक त्रास देखिएको र उनिहरुलाई काउन्सिलिङ दिएपछि उपचारनै गर्नु नपर्ने अवस्था पनि आएको बताउनुभयो । उहाँले अहिले नेपालमा यसको सं क्रमण नदेखिए पनि अन्तिम सम्म सर्तक भएर बस्नुपर्ने बताउनुभयो ।

डा. पुनले नाकमा सिगान बग्दैमा र घाँटी खसखस गर्दै कोरोनाको सं क्रमण नहुने भन्दै अहिले रुघा खोकीको समय भएकाले सामान्य रुघाखोकी लाग्दैमा उपचारमा आउनुनपर्ने बताउनुभयो । उहाँले सवै मिलेर सामना नगरे र सजगता नअपनाए नेपाल अन्तिम सं क्रमक राष्ट्र बन्न सक्ने खतरा रहेकाको दावी गर्नुभयो ।

डा. पुनले भन्नुभयो,‘ मनोविज्ञानले गर्दा मानिसलाई बढी प्रभाव पारेको छ । चिन्ता लिने र रातभरी नसुत्ने जस्ता काम भइरहेका छन् यसले मानिसलाई थप विरामी बनाउँछ । यो संक्रमण हुँदैमा मान्छे मर्दैन । यसका पनि स्टेपहरु हुन्छ । कति स्टेपमा पुगेको विरामीलाई कस्तो उपचार गर्ने भन्ने विधिहरु हुन्छन् । सामान्य रुघा खोकी ज्वरो आउदैमा आत्तिनुपर्दैन । रुघा खोकी र ज्वरोले च्याप्दै गयो भने उपचारका लागि जानुपर्छ’ ।

उहाँले धेरैले ल्याव टेस्ट प्रति सं का गर्ने गरेको भन्दै यो विश्वकै विशेष प्रविधि भएकाले ल्याव टेस्टको विषयमा संका गर्न आवस्यक नभएको बताउनुभयो । सवै प्रकारका रोग ल्याव टेस्टबाटै पत्तालाग्ने र यो विशेष प्रविधिलाई चलाउन नेपालमा पनि धेरै विशेषज्ञ भएको भन्दै पुनले जोखिम भएपनि विदेशमा सं क्रमण हुँने तर, नेपालमा किन भएन भनेर सोच्नुपर्ने अवस्था नभएको बताउनुभयो ।

डा. पुनले भन्नुभयो,‘यो सामान्य प्रविधि हैन । त्यसकारण प्रविधिलाई विश्साव गरौ नेपालमा सं क्रमण छैन । टेकु अस्पतालले कुनै विरामीलाई भेदभा´व गरेको छैन् । अरु अस्पतालले खुलाएर पठाएकोको उपचार र काउन्सिलिङ राम्रोसंग भइरहेको छ । टेकुमा उपचार भएन भन्ने कुरा गलत हो । हामीले दिने परामर्श र उपचारमा आएजतिमा सं क्रमण नभेटिएकै हो । स क्रमण भटियो भनेपनि एक सयमा १५ प्रतिशत भर्ना मात्रै अस्पताल भर्ना हुनुपर्छ र त्यसमा पनि ५ प्रतिशतमात्रै बेडमा जाने हो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *